बिआरआई फोरमलाई सम्बोधन गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी सोमबारदेखि स्वदेश फर्किएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानाकारी दिए ।
गत हप्ता चीन गएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरम लाई सम्बोधन गरेका थिए । चीनमा रहँदा उनले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गरेका थिए ।रासस
प्रतिक्रिया दिनुहोस्