Shikhar Insurance

अविश्वासको प्रस्ताव छल्ने ओली अस्त्रः संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

काँग्रेस र माओवादी केन्द्रले जसपालाई मनाउँदै सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी थालेपछि ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संसद पुनर्स्थापनापछि फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्