Shikhar Insurance

शेयरबजारमा पहिरो कायमै, ३७.५८ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार १६:३२
NIMB
Nabil Bank

काठमाडौं । सताको दोस्रोदिन सोमबार पनि शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ को बिन्दुमा पुगेको छ ।

आज ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २ सय २४ रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आजको कारोबार रकम पनि करीव २ अर्बले घटेको हो । आज कारोबारमा आएका २१३ कम्पनीको १ करोड ४२ लाख ७ सय ६८ कित्ता शेयर खरिद बिक्रि भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा भारी गिराबट आएपनि महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबारमा आएका मध्य हाइड्रो पावर र फाइनान्स बाहेक सबैको समुहगत सुचक घटेको छ ।

आज चन्द्रागिरीको शेयर मूल्य भनेसर्वाधिक ९.५१ प्रतिशतले घटेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्टमा कम्पनीको अधिकांश वित्तीय सूचक खराब देखिएपछि कम्पनीको शेयर मूल्य घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्