ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै मोटरसाईकल जुलुस

सिंहदरबार संवाददाता
२०८० कार्तिक १५, बुधबार ०९:३८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले विशाल मोटरसाइकल र्याली आयोजना हुने भएको छ । शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रो पटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाईकल र्याली आयोजना गर्न लागेको हो ।

मोटरसाईकल र्याली मध्यान्ह साढे १२ बजे नयाँ बसपार्कस्थित बिजी मल अगाडिबाट सुरु हुने पनि बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्