Shikhar Insurance

एनआरएनहरुलाई पुँजी बजारमा भित्र्याउन कानुनी अवरोध छैनः अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार १९:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एनआरएनहरुलाई पुँजी बजारमा भित्र्याउन कानुनी अवरोध नरहेको बताएका छन् । अर्थमन्त्रालयमा एनआरएन नेपाल डेभलपमेन्ट फण्डबारे जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा उनले विद्यमान कानुनले एनआरएनहरुलाई पुँजी बजारमा भित्र्याउन कुनै बाधा नपुर्याएको बताएका हुन् ।

‘एनआरएनहरुलाई पुँजी बजारमा भित्र्याउन कुनै समस्या छैन्, उहाँहरुलाई नेपाली रुपैयाँमै लगानी गर्न लगाउन पनि सकिन्छ र अन्य विकल्पमा पनि जान सकिन्छ, यसबारे अर्थमन्त्रीज्यूले पनि सहयोग गर्छु भन्नु भएकै छ, यी विषयमा अड्किरहनु आवश्यक देख्दिन’, अध्यक्ष ढुंगानाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि विदेशमा बण्ड जारी गर्न लागेको र एनआरएन डेभलपमेन्ट फण्डले पनि नेपालमै सेयर जारी गर्न सक्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्