Shikhar Insurance

कोरोना संक्रमण बढेपछि बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले दियो यस्तो निर्देशन

सिंहदरबार संवाददाता
२०७८ बैशाख ६, सोमबार २०:१५
NIMB
Nabil Bank

कठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको जोखिम बढेकाले बैंक तथा वित्तिय संस्थाहरुलार्य सजगता अपनाउँदै सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै, क, ख, ग र घ वर्गकै बैंक तथा वित्तिय संस्थाहरुलाई सचेतता अपनाउँदै व्यवसायीक निरन्तरता दिन भनेको हो ।

राष्ट्र बैंकले विद्युतिय भुक्तानीहरुलाई प्रवद्र्धन गर्न, रिमोर्ट सर्भिसलाई पालना गर्न, एटिएम बुथहरुमा स्यानिटाइजरको व्यवस्था मिलाउन र ढोका खुल्लै राख्न, कर्मचारीहरुलाई संक्रमणको जोखिमबाट जोगाउन निर्देशन दिएको हो । बैंकहरुले सिफ्टमा विभाजन गरि काम लगाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बाणिज्य बैंकहरुका ६० जना भन्दा बढी कर्मचारीहरु संक्रमित भैसकेको बताए । ‘हामीले सचेतता पूर्वक काम गर्न निर्देशन दिईसकेका छौं, संक्रमणको दर निकै बढेको छ’, दाहालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्