Shikhar Insurance

अब एक जना मात्रै बालबालिकाको बीमा गराउन नपाइने, अधिकतम बीमालेख ५० लाख मात्रै

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १७:०१
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बालबालिकाको बीमालेखमा कडाई गरेको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई पत्र लेखेर बालबालिकाको बीमा गराउँदा प्रस्तावकको बीमाङकीय मूल्यांकनमा बिशेष ध्यान दिनुपर्ने लगायतका व्यवस्था गरेको हो । रौतहटमा बीमा वापतको पैसाका लागि बाबुले छोराको हत्या गरेको तथा पोखरा पनि त्यस्तै प्रकृतिको घट्ना देखिएपछि समितिले बालबालिकाको बीमालेखमा कडाई गरेको हो ।
अबदेखि परिवारमा एक जना मात्रै बालबालिकाको बीमा गर्न पाइने छैन् । ‘अब परिवारका सबै सदस्य बालबालिकाको बीमा गराउनुपर्छ, एक जनाको मात्रै बीमा गर्न पाइन्न र त्यस्तो बीमा सबै बालबालिकाका हकमा बराबर रकमको हुनुपर्नेछ ।’, बीमा समितिका कार्यकारी निर्देशक राजरमण पौडेलले सिंहदरबारसँग भने ।
यसको अर्थ अब तीन जना बालबालिका भएको परिवारले कुनै एक जना बालक वा बालिकाको मात्रै बीमा गराउन पाउने छैन् । साथै त्यसरी सबै बालबालिकाको बीमा गराउँदा समान रकम बराबरको बीमा गर्नुपर्नेछ ।

त्यति मात्रै नभएर ५० लाख भन्दा बढीको बीमा गराउन समेत पाइने छैन् । त्यो भन्दा बढीको बीमा गराउनु परेमा अविभावकले समेत सोही बराबरको आफ्नो पनि बीमा गराउनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्