Shikhar Insurance

सिटिजन्स बैंकको १४ वर्षे संघर्षः कत्रो भयो बैंक, के छन् योजना

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक् इन्टरनेशनल १४ वर्ष पुरा गरि १५ औं बर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १४ औँ वर्ष पूरा गरी १५ औँ वर्षमा प्रवेश गरेको हो । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ । त्यसैगरी पछिल्लो समयमा सृजना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । बैंक स्थापना भएको वर्ष समाप्तीमा १ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आईपुग्दा बैंकको कुल निक्षेप करिव १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिव १ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिव १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । स्थापनाको पहिलो वर्ष ९ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना १६७ वटा शाखाहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ । बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखिनै पहल कदमी गरिसकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि उदाहरणहरु हुन ।

वित्तीय पह्ँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसाथ गर्दै बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ । ४४ जना कर्मचारीबाट सेवा आरम्भ गरेको बैंकमा हाल एक हजार ६ सय जना कर्मचारी आबद्ध छन् ।

बैंकले १११ वटा स्थानबाट एटिएम सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यस चौध वर्षको अवधिमा ३४४,१८३ ग्राहकहरुले मोबाईल बैंकिङ्ग सेवाको उपयोग गर्दै छन् । सिटिजन्स बैंकको ई बैंकिङ्गको प्रयोगकर्ता २३,६६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या १७९,७४० रहेको छ ।

बैंकले हालसम्म १३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरुसँग विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालका विभिन्न सेवा प्रदायकहरु सँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्