Shikhar Insurance

माधव नेपाल समुहका सांसदले भनेः हामी एमालेमै छौं, असली एमाले हौं

सिंहदरबार संवाददाता
२०७८ बैशाख ७, मंगलवार २०:२६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)को माधव नेपाल समुहका सांसदहरुले आफुहरु एमालेमै रहेको र असली एमाले भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओलीले सांसद पदबाट किन कारवाही नगर्ने भनि स्पष्टीकरण सोधेपछि नेपाल समुहका सांसदलहरुको बैठक बसेको थियो ।

बैठकले ओलीलाई जवाफ पठाउने र आफुहरु एमालेमै रहेको तथा असली एमाले भएको बताउने निर्णय गरेको हो । उनीहरुले केपी ओलीले एमाले विभाजन चाहेको तर आफुहरु विभाजनको पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् । ओलीले कुनै पनि हालतमा एमालेलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलन मास्न चाहेको नेपाल समुहका सांसदहरुले निष्कर्ष निकालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले फागुन २८ गतेपछि गरेका एकलौटी निर्णयहरुको बिरोध गर्ने सबैलाई स्पष्टीकरण सोधेको आरोप पनि उनीहरुले लगाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्