व्यवसाय

सात करोडको राजश्व छल्ने मोबाइल व्यापारी विरुद्ध १४ करोडको मुद्धा

काठमाडौं । सात करोड भन्दा बढीको राजश्व छल्ने मोबाइल व्यापारी विरुद्ध १४ करोड भन्दा बढीको कर छली सम्बन्धी मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थ नगरस्थित एभरेष्ट मोबाइल सेन्टरका प्रोप्राइटर कृष्ण ज्ञवालीले ७ करोड ३७ लाख ७५ हजार ७ सय ७६ रुपैयाँ कर छलेको अभियोगमा मुद्धा...

सीएनआईको नयाँ नेतृत्वलाई महासंघको बधाई, मिलेर अघि बढ्ने प्रण

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले सो कुरामा जोड दिएका हुन । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघ सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो...

हानको प्रश्नः होटल क्षेत्रलाई दिन्छु भनेको ६० हजार डोज खोप खोइ ?

काठमाडौं । होटल संघ नेपाल (हान) नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ । हानकी अध्यक्ष सृजना राणा र द्वितीय उपाध्यक्ष प्रविण बहादुर पाण्डेले राज्यमन्त्री श्रेष्ठसँग भेट्दै कोभिड–१९ को माहामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय दोस्रो लहरको कोभिडबाट अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको जानकारी...

भूमाफिया मल्होत्राले हडपेको बबरमहलको सार्वजनिक जग्गामा बगैंचा बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिका–११, वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ । व्यवसायी दीपक मल्होत्राले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो । सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि...

म्याद सकिएका वस्तुमा नयाँ लेबल राखी बेच्ने गिरोह प्रक्राउ, २ करोडको सामान बरामद (तस्बिरहरू)

काठमाडौं । म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ...

दाजुभाइबीच सेयर कारोबार चन्द्र ढकाल बोर्डको सदस्य बन्नुअघि नैः महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्टको प्रमोटर सेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो । नेपाल धितोपत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रुपमा...

हस्तकला डिजाइनमा इन्टेरियर डिजाइनरले सघाउने

काठमाडौं । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल(आइडिया नेपाल) बीच सझौता भएको छ । महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला...

बाग्मतीमा सार्वजनिक यातायातको भाडा बढाउन कानुनले नदिने, आफुखुसी बढाए कारबाही

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् । प्रदेश सरकारले तत्काल समायोजनमा केही गर्न नसकिने जनाएको हो । नियमावली बनेपछि मात्रै...

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा, पर्यटकलाई स्वागत गर्न तम्तयार

पोखरा । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा...

पर्यटन व्यवसायीले प्रधानमन्त्री गुहारे, ‘वान भ्वाइस फर टुरिज्म’मा १४ संस्थाका संयुक्त २६ माग (पूर्णपाठ)

काठमाडौं । पर्यटन व्यवसायीहरुले ‘वान भ्वाइस फर टुरिज्म’ भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो र मागका चाङ थमाएका छन् । होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणाको अगुवाइमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २८ माग राखेको हो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं, ट्रेकिङ एजेन्सिज...