Don’t Miss!
सिटिजन्सको योजनाः ३ वर्षमा ‘टप टेन’ बन्ने, दोहोरो अंकको प्रतिफल र अरूलाई गाभ्ने आफू नबिलाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने लक्ष्य लिएको छ । यस्तै दुई अंकको प्रतिफल दिने योजना बैंकको छ । बैंकले पत्रकार अन्तरक्रिया कार्यक्रममार्फत् कोभिडको प्रभावबीच दोस्रो त्रैमाससम्म सन्तोषजनक प्रगति हासिल गर्न सकेको दाबी गरेको जानकारी दिइयो । बैंकले आफ्नो ब्राण्डलाई लामो समयसम्म टिमाइराख्ने...
बिहीबारदेखि देशभर हिउँ पर्ने
काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि...
ल्होसारमा तीन दिन सार्वजनिक बिदा
काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि...
नेप्से ‘अल टाइम हाइ’, २५ सय अंकनजिक
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको...
माघ महिना भित्रै ३६ करोडको आइपीओ आउँदै, कुन कम्पनीको कति ?
काठमाडौं । माघ महिनाभित्रै दुई कम्पनीहरुले ३६ करोड मूल्य बराबरको ३६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएका छन् । माघ २३ गतेदेखि ग्रीनलाइफ हाइड्रोपावरले ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ जारी गर्दैछ । ग्रीन लाइफको आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिन्छ । ग्रीन लाइफको बिक्री प्रबन्धकको जिम्मा...
ओलीको जनसभा सफल बनाउन २३ गतेको लिखित र ट्रायल स्थगित
काठमाडौं । माघ २३ गते हुने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आमसभाले सवारी चालक अनुमितपत्रको ट्रायल तथा लिखित स्थगित भएको छ । सो दिन भीआईपी तथा भीभीआईपी आउने भएपछि उनीहरुको व्यवस्थापनमा ट्राफिक खटिनुपर्ने भएको भन्दै ट्राफिक प्रहरी महाशाखाले परिपत्र गरेपछि यातायात कार्यालयले ट्रायल रोकेका हुन् । महाशाखाको परिपत्रमा २३...
लोडसेडिङको त्रास बढेपछि प्राधिकरणले कर्मचारीसँग गर्यो कार्य सम्पादन सम्झौता
काठमाडौं । नागरिकहरुमा लोडसेडिङको त्रास बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले सोमबार प्रदेश नं. २को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको...
सामाजिक सुरक्षा कोषको सेवा नागरिक एपबाटै पाउने सकिने
काठमाडौं । नागरिक एपबाट सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने भएको छ । कोषमा आफ्नो योगदानको स्थिति लगायत सबै विवरण एपबाट पाइने भएको हो ।
खाद्यमा पाइने ‘नेपाल फुड’ अर्थात् जुम्लाको मार्सी चामल
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको...
‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी
कास्की । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका...