विशेष समाचार

विश्वास मतले सेयर बजारमा अविश्वास, १८.५६ अंकले घट्दा ६ अर्ब १४ करोडको कारोबार

काठमाडौं । राजनीतिक अन्यौलताका कारण आइतबार सेयर बजारमा १८.५६ अंकको गिरावट आएको छ । सोमबार प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने दिन हो । प्रधानमन्त्रीले विश्वासको मत दिने अघिल्लो दिनसम्म झनै तरल देखिएको राजनीतिक घट्नाक्रमका कारण सेयर बजारका लगानीकर्ता आत्तिएका हुन् । आइतबार नेप्सेका सबै सब इण्डेक्सहरु भारी...

कोभिड विरूद्ध एक डोज स्पुतनिक नै पर्याप्त, राइफल झैं भरपर्दोः पुटिन

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन् । उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीवार बोल्दै उहाँले खोपबारे...

सगरमाथा आरोहण सुरू : राज्यको ढुकुटीमा ६६ करोड, चुचुरोमा यो वर्ष पनि जाम हुने

काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । डोरी टँगाइ टोली साँझ ६ बजे...

अनुदानको चिनियाँ अक्सिजन सिलिण्डर लिन वाइडबडी बेइजिङ जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको...

आफ्नै स्याटेलाइट राख्न २० करोडको परामर्शदाता, २०२२ को अन्त्यसम्म अन्तरिक्षमा नेपाल

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले २० करोड रूपैयाँ खर्चेर आफ्नै भुउपग्रह (स्याटेलाइट) राख्न सघाउने कम्पनी (परामर्शदाता) नियुक्त गर्ने भएको छ । स्याटेलाइट राख्ने कामका लागि प्राधिकरणले बिजनेस मोडालिटी, सञ्चालन मोडालिटी तथा टेन्डर कागजात तयार पार्न त्यतिको धनरासी खर्चेर अनुभवी परामर्शदाता राख्न लागेको हो । काम गर्ने आशयपत्र पेश गरेकामध्ये...

हिमालयन-इन्भेस्टमेन्ट मर्जरलाई दुवै बोर्डको स्विकृति, एकसाताभित्र एमओयू

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने टुंगो लागेको छ । दुवै बैंकको सञ्चालक समिति वैठकले सम्झौतापत्रको मस्यौदा पारित गर्दै बिग मर्जरमा जान स्वीकृति दिएका हुन् । इन्भेस्टमेन्टको बुधबार र हिमालयनको आज बसेको बोर्ड वैठकले मर्जरको टुंगो लगाएको हो । दुई बैंकबीच मर्जरको एमओयू (सहमतिपत्र)मा अर्को...

कोभिड–१९ संघर्षः सरकारले सार्वजनिक गर्यो वास्तविक अवस्था, यस्तो छ तयारी

काठमाडौं । सरकारले कोरोनासँगको संघर्षबारे आफ्नो तयारीबारे विस्तृत विवरण सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको वैठकले सरकारले कोभिड १९ को दोस्रो लहर विरूद्ध लड्न गरेको कामको फेहरिस्त सार्वजनिक गरेको हो । विवरणमा सरकारले गरेका काम, भौतिक पूर्वाधार, अस्पतालहरूको संख्या, आईसीयू र भेन्टिलटरको संख्या, रकमानतर, भन्सार छुट,...

‘कम्फर्ट पोजिसन’मा सरकारी ढुकुटी, निषेधाज्ञामा रोकिएन राजस्व संकलन र बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बित्न एक साता बाँकी हुँदा सरकारी कोषबाट ७ खर्ब ८४ अर्ब ८७ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । चैत मसान्तसम्म ६ खर्ब ९० अर्ब २८ करोड रुपैयाँ खर्च भएकामा २३ दिनमा ९४ करोड रुपैयाँ खर्च भएको हो । २३ दिनमा...

सरकारले भन्योः भारतबाट अब खोप आउँदैन, अन्य विकल्प खोज्दैछौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्युटबाट थप खोप तत्काल नआउने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस विज्ञप्ति निकाल्दै सिरमबाट तत्काल बाँकी ५० लाख डोज खोप नआउने जानकारी प्राप्त भएको बताएका हुन् । उनले सिरममा आगो लागेको तथा क्षमता विकासको काम समेत अघि...

सुन तस्करको गिरोह पक्राउ, साढे २ अर्ब विगो कायम गरी मुद्दा

काठमाडौं । राजस्व अनसुन्धान विभागले ३ जना सुन तस्करहरूविरूद्ध २ अर्ब ४३ करोड रूपैयाँ विगो कायम गरी मुद्दा हालेको छ । विभागले दुई भारतीय र एक नेपालीले पटकपटक सुन तस्करी गरेको प्रमाणसहित उच्च अदालत हटौंडामा मुद्दा हालेको हो । हेटौंडाको रातोमाटे चेकपोष्टमा चेकजाँचको क्रममा बिल बिनै बसमा लैंजादै गरेको...