एलआईसी नेपालमाथि इन्साइडर ट्रेडिङको छानविन गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआईसी नेपालको हकप्रद सेयर निष्काशनको प्रक्रिया र सेयर बजारको मूल्य श्रृखंलाबारे अध्ययन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर करिब ६ महिनासम्म चुपचाप बसेपछि बोर्डले त्यसबारे अध्ययन गर्ने भएको हो । ‘बीमा प्राधिकरणबाट हकप्रद सेयरको निष्काशन गर्ने अनुमति पाएर ६ महिनासम्म किन चुपचाप बसेको हो ? त्यसबीचमा कम्पनीको सेयर मूल्यको श्रृंखलामा के के भयो ? कहिँ त्यहि निर्णय होल्ड गरेर बजारमा चलखेल त भएको छैन् ? हामी अध्ययनको तयारीमा छौं’, धितोपत्र बोर्ड उच्च स्रोतले सिंहदरबारसँग भन्यो । एलआईसी नेपालले २०८० असार १५ गते नेपाल बीमा प्राधिकरणबाट आफ्नो चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको थियो । तर त्यसको साढे ३ महिनासम्म कम्पनीले उक्त सूचना लुकाएर बजारमा चलखेल गरेको आरोप छ । प्राधिकरणबाट स्वीकृति लिएको साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर जारी गरिपाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । सो बीचमा कम्पनीले सेयरको मूल्यमा चलखेल गरेको आशंका छ । बोर्डमा निवेदन दिएपछि पनि कम्पनीले स्वीकृति पाउनका लागि थप ताकेता गरेको देखिन्न । असोज २९ गते बोर्डमा आवेदन दिएको कम्पनीले एकै पटक मंसिर १३ गते पत्र लेखेर हकप्रदको अनुमति छिटो पाउँ भनेको छ । सो बीचमा कम्पनीका तर्फबाट कुनै पनि अधिकारीले बोर्डमा सम्पर्क समेत … Continue reading एलआईसी नेपालमाथि इन्साइडर ट्रेडिङको छानविन गर्दै धितोपत्र बोर्ड