Shikhar Insurance

एलआईसी नेपालमाथि इन्साइडर ट्रेडिङको छानविन गर्दै धितोपत्र बोर्ड

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआईसी नेपालको हकप्रद सेयर निष्काशनको प्रक्रिया र सेयर बजारको मूल्य श्रृखंलाबारे अध्ययन गर्ने भएको छ । हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेर करिब ६ महिनासम्म चुपचाप बसेपछि बोर्डले त्यसबारे अध्ययन गर्ने भएको हो । ‘बीमा प्राधिकरणबाट हकप्रद सेयरको निष्काशन गर्ने अनुमति पाएर ६ महिनासम्म किन चुपचाप बसेको हो ? त्यसबीचमा कम्पनीको सेयर मूल्यको श्रृंखलामा के के भयो ? कहिँ त्यहि निर्णय होल्ड गरेर बजारमा चलखेल त भएको छैन् ? हामी अध्ययनको तयारीमा छौं’, धितोपत्र बोर्ड उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।

एलआईसी नेपालले २०८० असार १५ गते नेपाल बीमा प्राधिकरणबाट आफ्नो चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको थियो । तर त्यसको साढे ३ महिनासम्म कम्पनीले उक्त सूचना लुकाएर बजारमा चलखेल गरेको आरोप छ । प्राधिकरणबाट स्वीकृति लिएको साढे ३ महिनापछि अर्थात २०८० असोज २९ गते मात्रै कम्पनीले हकप्रद सेयर जारी गरिपाउँ भन्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । सो बीचमा कम्पनीले सेयरको मूल्यमा चलखेल गरेको आशंका छ । बोर्डमा निवेदन दिएपछि पनि कम्पनीले स्वीकृति पाउनका लागि थप ताकेता गरेको देखिन्न । असोज २९ गते बोर्डमा आवेदन दिएको कम्पनीले एकै पटक मंसिर १३ गते पत्र लेखेर हकप्रदको अनुमति छिटो पाउँ भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो बीचमा कम्पनीका तर्फबाट कुनै पनि अधिकारीले बोर्डमा सम्पर्क समेत गरेका थिएनन् । नेपाल बीमा प्राधिकरणले हकप्रद सेयर निष्काशन गर्ने अनुमति लिएर पनि लामो समयसम्म थप प्रक्रिया अघि नबढाएपछि मंसिर १५ गते कम्पनीलाई पत्र लेख्दै हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय फिर्ता लिने चेतावनी दिएको थियो । हकप्रद सेयर निष्काशनमा किन ढिलाई गरेको हो ? भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न प्राधिकरणले पत्र लेखेपछि कम्पनीले धितोपत्र बोर्डका कारण हकप्रद सेयर निष्काशनमा ढिलाई भएको जवाफ प्राधिकरणलाई लेखेको थियो ।

‘बोर्डका कारण हकप्रद निष्काशनमा ढिलाई भएको पत्र कम्पनीले प्राधिकरणलाई लेखेको रहेछ, त्यसले हामीलाई गम्भिर बनाएको छ, कम्पनीले नियोजित रुपले हकप्रद सेयर निष्काशन गर्न ढिलार्य गरेको र बजारमा चलेखेल गरेको आंशका छ, अब इन्साडरबारे अध्ययन गर्छाै’, बोर्ड उच्च स्रोतले सिंहदरबारलाई भन्यो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८।४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम९एलआईसी०को ५५ प्रतिशत, बिशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्