भिडियो

एमडीएमएसः अब कसैका मोबाइल हराउँदैनन्, कसैका व्यक्तिगत जानकारी चोरी हुँदैनन्, तर दर्ता अनिवार्य

साउन १ देखि नेपालमा एमडीएमएस कार्यान्वयनमा आएको छ । आखिर के हो त एमडीएमएस ? अब देखि विदेशबाट ल्याइएको मोबाइल फोन नचल्ने नै हो त ? नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष हुन्, पुरुषोत्तम खनाल । प्रस्तुत अध्यक्ष खनालसँग सिंहदरबारले गरेको कुराकानीको सार – साउन १, २०७८ गतेबाट कुनैपनि मोबाइल नचल्ने होइन...

‘बीमा कम्पनीका कर्मचारीहरु फाइलको बण्डल बोकेर आउनुपर्दैन, कम्प्युटरमा बसे पुग्छ’

काठमाडौं । समितिमा नयाँ सर्भर र नयाँ सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस)को जडान भएको छ । बीमा कम्पनीहरुलाई सिधै एक्सेस उपलब्ध हुने यो सफ्टवेयरलाई बीमा क्षेत्रलाई नै डिजिटल बनाउन कोशेढुंगाको काम गर्नेछ । दर्शन टेक प्रालीले तयार पारेको सोही सफ्टवेयर उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले...

‘बोर्डले बजारको सेन्टिमेन्ट बुझ्नुपर्छ, दुनियाँमा कहीँ नभएका लगानीकर्ता यहीँ छन्’

नेपालको एकमात्र सेयर बजार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को नेतृत्वमा छन्, चन्द्रसिंह साउद । प्रमुख कार्यकारी साउदकै कार्यकालमा पुँजीबजारले डिजिटिलाइजेसनमा फड्को मारेको छ । अनलाइनकै सुरुवातका कारण साउद सहित नेप्सेले वाहवाही पायो । तर, बेलाबेलामा आउने समस्याका कारण नेप्से आलोचनाको केन्द्रमा पनि रहि आएको छ । अहिले नेप्सेको प्रणालीगत...

‘राजनीतिक नेतृत्व र बिजनेस कम्युनिटीमा पनि परिपक्कता आएको छ’

नेपाल उद्योग परिसंघका अध्यक्ष हुन्, सतीश कुमार मोर । उनकै नेतृत्वमा परिसंघले ‘मेक इन नेपालः स्वदेशी अभियान’ सुरु गरेको छ । सरकारले पनि बजेटमार्फत त्यसको अपनत्व लिईसकेको छ । होङशी सिमेन्टमा विदेशी लगानी भित्र्याउने नेतृत्व गरेका मोरसँग कोरोनासँगै उद्योग व्यवसाय चलाउनुपर्ने अवस्था, राजनीतिक अस्थिरताका बीच लगानी प्रवर्द्धन, विदेशी लगानी...

सिंगटी : एकसातामै नेसनल ग्रिडमा, अर्को वर्षदेखि प्रतिफल, अनुमति पाए चाँडै हकप्रद

सिंगटी हाइड्रो इनर्जीका कार्यकारी निर्देशक हुन्, गणेश कार्की । स्वतन्त ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का उपाध्यक्षसमेत रहेका कार्कीको नेतृत्वमा सञ्चालित कम्पनीको सिंगटी जलविद्युत आयोजना दोलखामा निर्माणाधीन छ । सिंगटी अहिले सबै प्राविधाक काम सकेर विजुली बाल्न तम्तयार स्थितिमा छ । नेपाल विद्युत प्राधिकरणले प्रशारण लाइन निर्माणमा ढिलाइ गरेपछि अहिले कम्पनीले...

दुरसञ्चार क्षेत्रमा ‘थर्ड प्लेयर’ ल्याउँछौं, तर बजारमा हल्ला गर्दैमा लाइसेन्स पाइँदैन (अन्तर्वार्ता)

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष हुन्, पुरुषोत्तम खनाल । पछिल्लो समय नेपालमा फाइभ जीको सुरूवात, नयाँ कम्पनीलाई दुरसञ्चार कम्पनीलाई लाइसेन्स दिने तथा नेपालको आफ्नै स्याटेलाइट प्राधिकरणसँग जोडिएका विषय हुन् ।     प्रस्तुत छ, उनै खनालसँग सिंहदरबारले गरेको कुराकानीको सारः – दुरसञ्चारको पहुँच विस्तारमा ठूलो फड्को मारियो । अब गुणस्तर...

‘मैले मात्र होइन, संसारका कुनै विद्वानले सेयर बजार कति बढ्छ र कति घट्छ भन्न सक्दैन’ (भिडियो अन्तर्वार्ता)

नेपालको पुँजी बजारमा चर्चित नाम हो, अम्बिकाप्रसाद पौडेल । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य तथा पुँजीबजार फोरमको सभापतिका रुपमा उनी यतिबेला पुँजी बजारको दिगो विकास र विस्तारका लागि लबिङ गरिरहेका छन् । मुलुकको कुल गार्हस्थ उत्पादन भन्दा ठूलो आकारमा पुँजी बजार कसरी पुग्यो ? राजनीतिक अस्थिरताकै समयमा मात्रै...

‘गैरबजेटरी माग बढ्नुले हाम्रो विनियोजन कुशलता कमजोर रहेको संकेत गर्छ’ (भिडियो)

काठमाडौं ।  १६ महिनादेखि अर्थसचिवका रूपमा कार्यरत शिशिरकुमार ढुंगाना चतुर सचिव मानिन्छन् । ढुंगाना त्यसअघि राजस्व सचिवका रूपमा अर्थ मन्त्रालयमै थिए । उनले अर्थतन्त्र र राजस्व प्रशासनलाई नजिकबाट केलाएका छन् । नेपालको अर्थतन्त्रको अन्तरकुन्तर बुझेका छन् । आगामी आर्थिक वर्षको बजेट बनाउन उनको सबैभन्दा ठूलो भुमिका छ । आव...

‘कर्जाको ब्याजदर १५ प्रतिशतसम्म हुनु धेरै होइन’

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कर्जाको ब्याजदर १५ प्रतिशत धेरै नभएको बताएका छन् । एक कार्यक्रममा उनले गाउँका मान्छेहरुले मासिक सयकडा ५ रुपैयाँसम्म तिर्ने गरेकामा बैंक पुगेपछि सस्तोमा ब्याज पाउन थालेको बताएका हुन् । दाहालका अनुसार त्यसरी चर्को ब्याज तिरिरहेकाहरुका लाग १५ प्रतिशत धेरै ब्याज होइन...

दशककै उत्कृष्ट बजेट ल्यायौं, अब ‘फुल टाइम’ राजनीतिमै लाग्छु

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी खोसिएपछि मन्त्रीको ‘स्टाटास’मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको जिम्मेवारीमा छन्, मोतिलाल दुगड । व्यवसायीक पृष्ठभूमिका दुगडलाई प्रधानमन्त्री केपी ओलीले समानुपातिक सांसद हुँदै राज्यमन्त्री र अहिले मन्त्रीको हैसियतमा आफ्नो आर्थिक सल्लाहकारका रुपमा विश्वास गरेका छन् । दुगडकै पहलमा यसअघि २ सय ३५ जना उद्यमी व्यवसायीले बालुवाटारमा...