उद्यम/कृषि
जग्गा बाँझो राखेर भोकै नबसौंः कृषिमन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् । किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने, ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब विदेशमा बगाउने पसिना यहीँ बगाउँ...
तनहुँकाे ढोडेनीमा ७० लाखमा व्यावसायिक ड्रागन खेती
दमाैली । व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी हुन् । करिब ९ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार रूपैयाँ भाडा बुझाउने गरी...
दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक चार हजार दुई सय...
घोराही सिमेन्टले सर्वसाधारणका लागि छिट्टै सेयर खुला गर्ने
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुला गरेको थियाे । उक्त कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना...
अमेरिकन ‘स्वाइन फिवर’बाट ४ सय बंगुर मरे
गलकोट । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौंको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको...
ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो, अब जति लगानी गरे पनि हुन्छः प्रधानमन्त्री
नयाँ दिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा शुक्रबार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका हुन् । नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका...
‘नेपालमा अब भारतीय लगानीको ढोका खुल्यो’
नयाँ दिल्ली । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । प्रतिनिधिमण्डलमा यसअघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । हिजो साँझ नेपाल र भारतीय उद्योगी, व्यवसायीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको महत्व र विशिष्टताको प्रशंसा र आवश्यकता दर्शाएका छन्...
गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने
काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने...
गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणका लागि आवेदन खुला
काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणका लागि आवेदन खुलेको घोषणा गरेकाे छ। यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिने जनाएको छ । ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो । जहाँ...
फलदिने समयमा कफीमा सेतो गवारो र छहारीको समस्या, किसान चिन्तित
तम्घास । गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् । कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । “तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा...