Don’t Miss!
रिडी पावरमा इन्साइडर ट्रेडिङ गरेका गुरु न्यौपाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपान विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । नेपाल धितोपत्र बोर्डले रिडी पावरको सेयर किनबेचमा इन्साइडर ट्रेडिङ गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको हो । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले इतिहासमै पहिलो पटक इन्साडर ट्रेडिङमा...
चन्द्र ढकाललाई २४ घण्टा नबित्दै अर्काे झट्का, निफ्रापछि ग्लोबल आइएमई पनि छाड्नुपर्ने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)बाट बाहिरिएको २४ घण्टा नपुग्ने व्यवसायी चन्द्र ढकाललाई अर्काे झट्का लागेको छ । नेपाल राष्ट्र बैंकले विदेशी बिनियम विभागले एकिकृत निर्देशनलाई संसोधन गर्दै चन्द्र ढकालले ग्लोबल आइएमई बैंक वा आइएमईमध्ये एक संस्था छाड्नुपर्ने व्यवस्था गरिदिएको हो । यस अघि ढकाल स्वार्थ बाझिने गरि नेपाल राष्ट्र...
२०८० सालमा बैंकका कर्मचारीलाई कति दिन छ बिदा ? राष्ट्र बैंकले तोक्यो(सूचिसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुका लागि बिदाको सूचि तय गरेको छ । दशैं, तिहार, छठ, तिज, बिभिन्न प्रकारका ल्होसार, फागु, नयाँ वर्ष, क्रिसमस लगायतका बिदाहरु तोकिएका छन् । राष्ट्र बैंकले केहि चाडबाडहरुमा सम्पूर्ण कर्मचारीलाई बिदा दिने भनेको छ । केहि पर्वहरुका...
पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत, कस्को सरकार बन्ला?
गण्डकी । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको सरकार नेकपा...
पोखरामा पैवा ब्राण्डः होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिँदै प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले १० करोडको लगानीमा पोखरामा...
अर्थमा बहुरंगी नेतृत्वः मन्त्री, योजना आयोग उपाध्यक्ष र गभर्नर फरक पार्टीका, कसरी हुन्छ सुधारको काम ?
काठमाडौं । अर्थतन्त्रमा देखिएका संकटबारे चौतर्फी बहस भैरहेका छन् । उद्यमी व्यवसायीदेखि प्रशासक र विज्ञहरु पनि भावी अर्थमन्त्रीको व्यग्र प्रतिक्षामा छन् । प्रचण्ड नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको नेतृत्व नेपाली काँग्रेसले गर्ने लगभग पक्का पक्की भैसकेको छ । काँग्रेसभित्र अर्थको जिम्मेवारीमा कुन नेतालाई पठाउने भन्नेबारे निर्णय हुन मात्रै बाँकी छ...
महासंघ चुनावमा राजनीतिक रंग, कसको उम्मेदवार को ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा यसपाली पनि राजनीतिक रंग झनै बढी देखिएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवारदेखि उपाध्यक्षसम्मका उम्मेदवारहरु आफ्नो जित सुनिश्चित गर्नका लागि राजनीतिक दलका दैलोमा धाउन थालेका छन् । चैत २८ र २९ गते हुने महासंघको साधारण सभामा बरिष्ठ उपाध्यक्षका लागि मुलतः ३ जना उम्मेदवार...
यस कारण बन्द भैरहेका छन् अमेरिकी बैंकहरु, १५ वर्षमा साढे ४ सय बढी बैंक संकटग्रस्त
अमेरिकी बैंकहरु एकपछि अर्को गर्दै बन्द हुँदै गएका छन् । सिलिकन भ्याली बैंकपछि सिग्नेचर बैंक र सिल्भरगेट बैंक बन्द भइसकेको छन् । क्लालिफोर्नियामा रहेको सिलिकन भ्याली बैंक अमेरिकाको १६औं ठुलो बैंक हो । भने सिग्नेचर बैंक र सिल्भरगेट बैंक मध्यम स्तरका बैंक हुन् । आजभन्दा १५ वर्षअघि सन् २००८...
सम्पति सुद्धिकरणमा मुछियो सुर्यज्योति लाइफ, एकल बीमा लिएका बीमित पैसा फिर्ता माग्दै
काठमाडौं । जीवन बीमा कम्पनी तर्फ पहिलो सफल मर्जर गरेर एकिकृत कारोबार थालेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी सम्पति सुद्धिकरणमा मुछिएको छ । प्रिमियम संकलनको अस्वस्थ प्रतिष्पर्धामा लागेको कम्पनीले सिंगल प्रिमियमका ठूला पोलिसीहरुमा अण्डर राइटिङमा कुनै ध्यान नदिएको तथ्य फेला परेको हो । त्यसो त कम्पनीका अभिकर्तामाथि पनि झुक्याउने तथा...
बैंकिङ संकटः अमेरिकापछि क्रेडिट स्वीस बैंक संकटग्रस्त, उद्धारमा ५४ बिलियन डलर आवश्यक
एजेन्सी । स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंकमा पनि समस्या ग्रस्त घोषित भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार क्रेडिट स्वीसको सेयर क्र्यास भएर एकै दिन ३० प्रतिशतले सेयर मूल्य घटेपछि बैंर्क समस्यामा परेको हो । क्रेडिट स्वीस समस्यामा पर्नुमा आन्तरिक व्यवस्थापन र सही रिपोर्टिङ नभएको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको...