अटो–टेक–लाइफ

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । आज छापावल सुन अघिल्लो दिनकै बराबरी ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुनमा पनि परिर्वतन आएको छैन । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

चेरीको नयाँ कार टिग्गो ७ प्रो नेपालमा, मूल्य ७४ लाख ९९ हजार

काठमाडौं । लोकप्रिय चेरी ब्राण्डको नयाँ कार नेपाल भित्रिएको छ । नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो नेपाली बजारमा सार्वजनिक गरेको हो । प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ ।...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप ओम्नी च्यालनमा स्तरोन्नति, थपिए नयाँ सुबिधा

काठमाडौं । एनआईसीएशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई ओम्नि च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उदेश्यले ओम्निच्यानल एप मार्फत मोबाइल बैंकिङ सुरु गरिएको बैंकले जनाएको छ । बैंकका सबै ग्राहकहरुले आफ्नो...

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ को मुख्य प्रायोजक

काठमाडौं । भिभो ग्लोबल स्मार्टफोन ब्रान्डले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यस वर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१...

‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ । नेपाल राष्ट्रबैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट...

प्रतितोला ३ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७...

राजधानीमै छैन टुरिस्ट बसपार्क, बाटोमै राखिन्छ गाडि

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन्...

सुनको मुल्य १०० रुपैयाँले बढ्दा, चाँदी सस्तियो

काठमाडौं । बुधबार नेपालको बजारमा सुनको मुल्य बढ्दा चाँदीको मुल्य भने घटेको छ । अघिल्लो दिन स्थिर रहेको छापावल सुनको मूल्य आज भने सय रुपैयाँले बढेको हो । बुधबार छापावल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुन पनि...

इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायतका थुप्रै पुरस्कार जित्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ । यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन...

अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसः इसेवाले दिन्छ दुई सय रूपैयाँ क्यास ब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस) का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा २०० क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी जीवन बीमा कम्पनीमा...