पूर्वाधार
यात्रु अभावमा बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द
बैतडी । जिल्लाकाे पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । हवाई भाडा महँगो...
मर्स्याङदी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा, अनुमानित लागत १६ अर्ब
काठमाडौं । मर्स्याङदी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मर्स्याङदी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गतका दुई वटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको हो । ती सबस्टेसनको क्षमता पनि दुई...
आर्थिक अभावले भोजपुर जिल्ला अस्पतालकाे आइसियु सञ्चालनमा समस्या
टक्सार । दक्ष जनशक्ति व्यवस्थापनका लागि आर्थिक अभाव देखिएपछि भोजपुरको जिल्ला अस्पतालमा तयारी अवस्थामा रहेको सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आउन सकेको छैन । जनशक्ति व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न जिल्ला अस्पतालले भोजपुरका स्थानीय तहहरुलाई आह्वानसमेत गरेको छ । अस्पतालका प्रमुख चिकित्सक शिवजी रिजालसहितका स्वास्थ्यकर्मीले भोजपुरमा रहेका पालिका...
तल्लो सेती जलविद्युत् आयोजनाले ८१ सालमा बोलपत्र आह्वान गर्ने
दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट...
समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै, ज्याला नपाएपछि उत्रिए मजदुर आन्दोलनमा
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ । काठमाडौंको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१...
नदी नियन्त्रण योजना कार्यान्वयन, ५० करोड लागतमा ८ योजना सञ्चालन
म्याग्दी । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु ५० करोड लागतमा ८ योजना सञ्चालन भएका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले...
नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै
गोलबजार । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ । उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै...
तनहुँमा १० खानेपानी आयोजना अन्तिम चरणमा, ८५८ घरधुरी प्रत्यक्ष लाभान्वित हुने
तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९आयोजनामध्ये १० आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको १ करोड ५४ लाख रुपैयाँको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ...
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल, चुनावमा मात्र राजनीतिक दलका नेतालाई मुद्दा बने
भजनी । विकासका सवालमा बहस चल्दा सधैँ चर्चामा आउने कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि धेरै बहस र छलफल भए । विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि यथास्थितिमा विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थिति देखिएको छ । विकासको मुद्दामा बहस हुँदा कतै पनि छुट्दैन टीकापुर विमानस्थल ।...
पहिलो पटक केन्द्रीय लाइन पुगेपछि खुसीयाली, दुई वर्षभित्र बागलुङका सबै बस्तीमा पुग्ने
ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका १ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । २० किलोवाट...