विदेशको नजर
अमेरिकामा भीषण आँधी, कम्तीमा २३ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा...
अमेरिकामा संकटकाल घोषणा, यस्तो छ कारण
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो सहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन् । यहाँ निशेध आज्ञा आदेश जारी गरिएको अधिकारीहरुले जानकारी दिएका छन्...
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण
एजेन्सी । उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो । उत्तर कोरियाको बढ्दो सैन्य र...
साउदी तेल कम्पनी अरामकोकाे नाफा ४६ प्रतिशत बढ्याे, कामायाे १६१ अर्ब डलर
एजेन्सी । साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ । एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खूद आम्दानी ४६ प्रतिशतले बढेको छ...
अमेरिकासँग बन्दी आदानप्रदानको सहमति भएको इरानको भनाइ
एजेन्सी। इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको आदानप्रदानको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिएका हुन् । तर अमेरिकाले भने यस कुराको खण्डन गरेको छ । इरानले दुई देशका बीचमा बन्दी आदानप्रदानको सहमति भएको जनाएको केही समयमा नै अमेरिकाले सो सहमति...
चर्काे ब्याजदर वृद्धि थेग्न नसकेर अमेरिकाको सिलिकन भ्याली बैंक ४४ घण्टामै टाट पल्टियो
काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । पछिल्लो ४४ घण्टामै बैंक टाट पल्टिएको हो । प्रबिधि क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई लगानी गर्दै आईरहेको सिलिकन भ्याली टाट पल्टिएपछि अमेरिकी अर्थतन्त्रमा सन २००८ सालपछिकै अर्काे गम्भिर आर्थिक संकट आईलागेको संकेतका रुपमा लिईएको छ । अमेरिकाको भेञ्चर क्यापिटलमा आधारित...
मेस्सीले जिते फिफा सर्वश्रेष्ठ खेलाडीको अवार्ड
काठमाडौं । अर्जेन्टिनालाई विश्वकप विजेता बनाएका फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । मेस्सीले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै फिफाको सर्वाेत्कृष्ठ खेलाडी अवार्ड हात पारेका हुन् । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जिते । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२...
अन्ततः रसियाको विपक्षमा उभिँदै युक्रेनका पक्षमा नेपालको भोट
काठमाडौं । युक्रेनमाथि रुसले गरेकोे आक्रमणको निन्दा गर्दै युद्ध रोक्न आह्वान गरिएको राष्ट्रसङ्घीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार भएको आकस्मिक विशेष साधारणसभामा भाग लिँदै नेपालले युक्रेनका पक्षमा मतदान गरेको हो । राष्ट्रसङ्घको कूल एक सय ९३ देशमध्ये एक सय ४१ देशले युक्रेनका...
चीनको ऋण जालमा श्रीलंकापछि पाकिस्तान ‘बैंकरप्ट’ हुँदै, सहज ऋण दिएर सहयोग नगर्ने पक्का
एजेन्सी । पाकिस्तान आफ्नो स्वतन्त्रताको ७६ वर्षमा २३औं पटक दिवालिया ‘बैंकरप्ट’ हुने अवस्थामा पुगेको छ । तर यसपटक विनाशको कारण र असर दुवै फरक छन् ।एक वर्षबीचमै एशियाली मुलुकमै २ वटा देश ‘बैंकरप्ट’ हुने अवस्थामा पुगेका हुन् । सन् २०२२ मा ‘बैंकरप्ट’ भएको श्रीलंकापछि अब पाकिस्तान दोस्रो राष्ट्र हुने...
हजारका नोट छाप्ने जिम्मा भारतीयलाई दिएको राष्ट्र बैंकले २० को नोट छाप्ने जिम्मा चिनियाँलाई दियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिन लागेको हो । बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम दरमा नोट डिजाइन,...