Shikhar Insurance

कोटीभिटी विरुद्ध १० अर्बको मुद्दा हाल्ने ढुङगानाको सरुवा, चक्र बुढा बने नयाँ महानिर्देशक

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार ११:०८
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकन कम्पनी कोटीभिटी विरुद्ध मुद्दा दायार गर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङगानाको सरुवा भएको छ । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयले महानिर्देशक ढुङगानाको आन्तरिक सरुवा गरेको हो । नयाँ महानिर्देशकमा चक्र बहादुर बुढा पुगेका छन् ।

उनी पुर्व अर्थमन्त्री जनार्दन शर्माको पालामा बजेट महाशाखा हुदैं भन्सार विभाग महानिर्देशक बनेका थिए । थोरै समय मात्रै भन्सार महानिर्देशक बनेका बुढा माओवादी निकटका कर्मचारी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

महानिर्देशक ढुङगानाले गत साउन २ गते ६०.७ किलो सुन समातेर चर्चा कमाएका थिए । तर अमेरिकी कम्पनी कोटीभीटी विरुद्ध १० अर्बको मुद्दा दायर गरेपछि विवादमा तानिएका थिए । महानिर्देशक ढुङगानाको सरुवा भैसकेको र बुढा आउने पक्का भैइसकेको विभागका एक निर्देशकले सिंहदरबारलाई जानकारी दिए । ढुङगाना भारतको कोलकातामा रहने महावाणिज्य दुत बन्ने योजना बनाएका छन् । यद्यपी महावाणिज्य दुत बन्नका लागि साउन महिनासम्म कुर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्