Shikhar Insurance

ओमोडा, डीपल सहित इभी गाडीहरूले किलोवाट घटाएर गरे भन्सार जाँचपास, प्रमाण संकलन गरिँदै

प्रकाश वाग्ले
२०८१ बैशाख ३१, सोमबार ०९:२६
NIMB
Nabil Bank

काठमाडौं । इभि गाडी आयातकर्ताहरुले गाडीको मोटर क्षमता (किलोवाट) घटाएर भन्सार जाँचपास गरेका छन् । अधिकांस इभि आयातकर्ताहरुले नक्कली प्रज्ञापन पत्र बनाएर किलोवाट छलि गरेका हुन् ।

इभि गाडीहरुले किलोवाट घटाएर भन्सार जाँचपास गरेपछि भन्सार विभागले सुक्ष्म अध्ययन सुरु गरेको छ । विभागले किलोवाट छलि गर्ने कम्पनीहरुको सूचि तयार गरी छानविन सुरु गरेको हो । इभि कम्पनीहरुमाथी सुक्ष्म अनुसन्धान गरी अध्ययन सुरु गरेको भन्सार विभागका एक कर्मचारीले बताए ।

Citizen Life
Kumar Bank

ती कर्मचारीले सिंहदरबारसँग भने ‘अधिकांस इभी गाडीहरुले किलोवाट घटाएर भन्सार जाँचपास गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान अघि बढाएका छौं, यसैका लागि प्रमाण संकलन सुरु गरिसकेका छौं।’

विभागले प्रमाण संकलन गरी अर्थ मन्त्रालय पेश गर्ने र कारबाहि गर्ने या नगर्ने भन्ने विषय अर्थमन्त्री वर्षमान पुनले निर्णय गर्नुपर्ने ती कर्मचारीको भनाई छ । आर्थिक ऐन २०८० मा १ सय किलोवाट भन्दा कम क्षमताको गाडीलाई एक तह र १ सय भन्दा बढी किलोवाट क्षमता भएका गाडीलाई फरक कर दर कायाम गरिएको छ ।

१ सय किलोवाट भन्दा कममा गाडी जाँचपास गराउँदा २० प्रतिशत भन्दा कम कर तिरे पुग्छ । एउटै गाडीमा लाखौं रुपैयाँ कम कर तिर्नुपर्ने भएपछि कम्पनीहरुले धमाधम नक्कली कागजात पेश गरेर भन्सार जाँचपास गरिरहेका छन् । यसरी कम किलोवटमा गाडी छुटाउने गाडीहरुमा एमजी, बिवाईडी, ओमोडा, डीपल लगायतका ब्राण्डहरु रहेका छन् ।

ओमोडा-ई फाइभ र डीपल एस-०७ मा कैफियत

भन्सार विभागले पछिल्लो समय आयात भएको ओमोडा ई फाइभ र डीपल एस ०७ मा कैफियत भेटिएको दाबी गरेको छ । शारदा ग्रुपले भित्र्याएको ओमोडा ई ५ र एमएडब्लु बृद्धिले भित्र्याएको डीपल एस ०७ मा कैफियत भेटिएको हो ।

विभागका अनुसार १ सय ९० किलोवाटको शक्तिशाली मोटर जडित एसयुभी गाडी ९९ किलोवाटको भएको कागजात पेश गरेपछि अध्ययन सुरु भएको हो । विभाग स्रोतले भन्यो ‘राजस्व छलि गर्ने उदेश्यले नै यी दुई मोडेलमा किलवाट घटाएको भेटिएको छ, ओमोडा र डीपलमा किलोवाट घटाइएको केहि प्रमाण समेत जुटिसकेको छ।’

यी दुई ब्राण्डको सो मोडेल कुनै पनि देशमा ९९ किलोवाट उत्पादन भई बिक्री वितरण भएको छैन । तर आयातकर्ताहरुले भने नेपालको लागि किलोवाट घटाएर बनाउन लगाएको दाबी गर्दै आएका छन् । विभाग स्रोतले थप्यो, ‘इभि आयातको तथ्यांक केलाउँदा अधिकांस गाडी ९९ किलोवाट मुनि नै आयात भएको देखिन्छ, किलोवाट वैज्ञानिक रुपमै प्रमाणित हुने विषय हो, अहिले कर छलिमा रमाएका आयातकर्ताले राज्यलाई छलेको कर एक दिन तिर्नैपर्छ।’

विभाग स्रोतका अनुसार ओमोडाले ई फाइभ मोडेलको विद्युतिय गाडी १ सय ९० किलोवाटको मोटर क्षमता भएको नेपाली वेभसाइटमा उल्लेख गरेको थियो । तर उसले केहिदिन मात्रै सो विवरण सच्याएर ९९ किलोवाट बनाएको छ । नेपाल बाहेक अन्य देशमा ओमोडा ई ५ को मोटर क्षमता १ सय ५० किलोवाटको हुने नेपालमा मात्रै ९९ किलोवाटको बन्नै नसक्ने विभागको दाबी छ ।

ओमोडा र डीपलले किलोवाट घटाएर ल्याएको आयातकर्ताहरुले नै स्वीकार गरेको एक इभी आयातकर्ताले बताए । नाम नबताउने शर्तमा ती आयातकर्ताले भने ‘मैले दुबै कम्पनीका साहुजीहरुलाई सोधेको थिए, उहाँहरुले किलोवाट घटाएर भन्सार जाँचपास गरेको स्वीकार गर्नुभएको छ ।’ ती व्यावसायीका अनुसार ओमोडा ई ५ र डीपल ०७ मोडेलको गाडी ९९ किलोवाट भन्दा बढी भएको सामान्य मानिसले छुट्याउन सक्छन् ।

अधिकांस गाडीहरु थाइल्यान्डमा बनेका छन् । तर आयातकर्ताले गाडिहरुको कागजपत्र चीनमा बनेको कागजात पेश गरिरहेको ती इभी आयातकर्ताको दाबी छ । ।

कसरी नापिन्छ विद्युतिय गाडीको मोटर क्षमता

विद्युतिय गाडीको मोटर क्षमता गाडीको चक्का घुमेको आधारमा तय गरिन्छ । नेपालको राजस्व प्रणालीमा पहिलो कर अधिकृत करदाता स्वयंमलाई नै तोकिएको छ । यदि कुनै आयातकर्ताले कुनै गाडी आयात गर्नुपर्यो भने गाडीको सम्पुर्ण प्राविधिक पक्षको बारेमा सवारी परिक्षण कार्यालयमा बुझाउने गर्छ ।

टेकुमा रहेको यातायात परिक्षण युनिटले इभी गाडीको चक्का प्रतिघण्टा कति किलोमिटर गुड्छ भन्ने आधारमा किलोवाट छुट्याउने गर्छ । सोहि युनिटले दिएको प्रमाणको आधारमा नै भन्सार जाँचपास गर्ने गरिन्छ । भन्सार विभागले भने टेकुले गर्ने परिक्षणमै शंका गरेको छ ।  विद्युतिय गाडीको मोटर क्षमता नाप्ने यन्त्र त्रिभुवन विश्वविद्यलय किर्तिपुरमा समेत रहेको छ ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्