व्यक्तिका कुरा

दोहोरो नागरिकताले ढुक्कसँग लगानी गर्नसक्ने आत्मविश्वास दिलाएको छ, हामी समृद्धिको सारथी हौं

काठमाडौँ । नेपालको संविधान बनेको सात वर्ष हुन लागिसक्दा पनि नागरिकता ऐन संशोधन नहुँदा मूल कानुनले योग्य मानेका देशका कैयौं नागरिकले नागरिकता पाउन सकेका थिएनन् । संविधानको भावनाअनुसार २०७५ सालमा संसदमा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक त्यसै अल्झिरहेको थियो । यसलाई फिर्ता गरेर वर्तमान सरकारले यसलाई संसदीय प्रक्रियामा लगेर वर्षौंदेखिको समस्याको समाधान...

‘नेप्सेले भन्दा राम्रो सेवा र नयाँ मार्केट खोज्ने सर्तमा अर्काे स्टकलाई लाइसेन्स दिँदा हुन्छ’

नेपाल धितोपत्र बोर्डले ब्रोकर नियमावली संसोधन गरेको छ, जसले नयाँ ब्रोकरहरुलाई लाइसेन्स लिन सहज बनाईदिएको छ । अहिले नयाँ ब्रोकर, नयाँ स्टक, कमोडीटी एक्सचेञ्जको लाइसेन्स दिने लागिएको भन्ने पनि चर्चा छ । त्यसैलाई सहज बनाउने गरि घट्नाक्रमहरु विकासित भैरहेका छन् । यतिबेला नयाँ ब्रोकर कम्पनी ल्याउने विषय पक्का भइसक्यो...

कृषिमा १० अर्ब लगानी जुटाउने गोल्यान प्रोजेक्ट, सर्वसाधारणलाई आईपीओ

काठमाडौं । उद्योगी पवन गोल्यानले कृषिमा १० अर्ब रुपैयाँ लगानी जुटाउने प्रोजेक्ट अघि सारेका छन् । हाल गोल्यान एग्रो कम्पनी मार्फत माटो ब्राण्डका कृषि उत्पादनहरु बजारमा लगिरहेका उनले १० अर्ब लगानीको छुट्टै कृषि कम्पनी ल्याउन लागेका हुन् । हाल गोल्यानले झापा लगायतका जिल्लाहरुमा एक अर्ब रुपैयाँ भन्दा बढी लगानी...

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौं । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्तिको...

‘सरकारी स्टक एक्सचेञ्जलाई चुस्त बनाउन भएपनि ५ अर्ब निजी लगानीको नयाँ स्टक ल्याउनु पर्छ’

नेपाल स्टक एक्सचेञ्जलाई गैर नाफामुलक संस्थाबाट नाफामुलक संस्थामा परिणत गर्न २०६३/०६४ सालमै निजीकरण गरेर सुधार गर्ने भनिएको थियो । तर, यो विषय उठान भएको १४/१५ वर्ष पुरा भइसक्दा पनि त्यो काम हुन सकेको छैन । नेपाल स्टक एक्सचेञ्जमा धेरै संरचनात्मक समस्याहरु छन् । नेपाल स्टक सरकारी स्वामित्वको भएका कारण...

१० अर्ब चुक्ता पुँजी राखेर ६ महिनाभित्रै नयाँ स्टक एक्सचेञ्ज आउनुपर्छ

बजारमा पुँजी बजारका औजारहरु धेरै छन् । तर, अहिलेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीको मात्र कारोबार गर्छ । त्यो बाहेक सरकारको, राष्ट्र बैंकको कर्पोरेट डिबेञ्चरको काम नेप्सेको पहुँचमा अझै छैन । यो सबै विषयलाई समेटेर पुँजी बजारको विकास र विस्तार गर्नको लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ ।...

‘सबै डिम्याट होल्डर दोस्रो बजारमा जान खोज्दा विकृति भित्रियो, अब रोक्नुपर्छ’

पुँजी बजारको वर्तमान अवस्था हेर्दा हामी धेरै माथि गएका छौं । विगतमा धेरै प्रगती भएका छन् भने भोलीका दिनमा सेयर बजारमा हामी धेरै अगाडी बढ्न सक्छौं । त्यसमा कुनै शंका नै छैन । तर, अझै हामी सिकाइ कै अवस्थामा छौं । पुँजी बजार सम्बन्धि केही अर्थशास्त्रीय दृष्टिकोण ‘फाइनान्सियल इकोनोमिक‘मा...

बुक बिल्डिङमा अब नया दुर्घटना हुँदैन,ठुला कम्पनीको आइपिओ बुक बिल्डिङबाटै आउछ´

काठमाडौं । नेपाल धितोपत्रका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ प्रविधिमा नया दुर्घटना नघटाउने प्रतिबद्धता गरेका छन् । उनले बिहिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता गरेका हुन् । कार्यक्रममा बोर्ड अध्यक्ष हमालले...

पत्ता लाग्याे एम अधिकारीको वास्तविकताः ‘एम अधिकारी गभर्नर नै हुन कारवाही होस्’–सांसद महत

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले एम अधिकारीको वास्तविकता पत्ता लगाएका छन् । उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नै भएको पुष्टी गर्दै कारबाहीको माग गरेका हुन् । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको...

‘औधोगिककरण, रोजगारी सिर्जना र आत्मानिर्भर अर्थतन्त्रका आधारहरु’

नेपाल उद्योग परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको छ । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउन यस अभियानको मुख्य लक्ष्य रहेको छ । परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न...