Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न २० जनाको आवेदन, सूचि सहित

खेमराज श्रेष्ठ
२०८१ बैशाख २७, बिहीबार १७:४४
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न २० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम मिति बिहिबारसम्म २० जनाको आवेदन परेको हो ।

बैंकको सिइओ बन्नका लागि तत्कालिन ग्रान्ड बैंकका रामदेव यादव, एसबीआई बैंकका विष्णु देव यादव, राष्ट्रिय वाणिज्य बैंकका पुर्व नायव महाप्रबन्धक (डीजीएम) नरेश अर्याल, वाणिज्य बैंककै नायव महाप्रबन्धक (डिजिएम) पवन रेग्मी छन् । यस्तै, वाणिज्य बैंककै नायव महाप्रबन्धक (डिजिएम) दुर्गा कुमारी कडेल, वाणिज्य बैंककै डेपुटी सिइओ देवेन्द्र रमण खनाल, कृषि विकास बैंकका नायव महाप्रबन्धक (डीजिएम) दीर्घ बहादुर अर्याल, प्रकाश चन्द्र अधिकारी, शंकर रायमाझी र नेपाल बैंकका पुर्व सिइओ कृष्ण बहादुर अधिकारीले आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकमा हाल कामू सिइओको रुपमा देवेन्द्र रमण खनालले काम गरिरहेका छन् । उनी नेकपा माओवादी निकटका व्यक्ति मानिन्छन् ।  आवेदन दिने मध्ये पवन रेग्मी नेपाली काँग्रेस निकटका व्यक्ति हुन् । त्यस्तै, दुर्गा कुमारी कडेल (छत्कुली) नेकपा एमाले निकट मानिन्छ । शंकर रायमाझी नेपाल रि इन्स्योरेन्सका पुर्व सिइओ हुन् ।

आवेदन दिने अन्य सदस्यहरुमा अगम मुखिया, नरेश राज अर्याल, विष्णुदेव अर्याल, विष्णु बाबु मिश्र, प्रकाश चन्द्र अधिकारी, डा.राजाराम उपाध्यय छन् । यसैगरी, गणेशप्रसाद गौतम, शुरेस देवकोटा, शंकर केसी, प्रमोद बाबु तिवारी, सञ्चय कोषका पुर्व प्रशासक तथा सिए कृष्ण प्रसाद आचार्य, झविन्द्र खत्री र माधव प्रसाद रेग्मी रहेका छन् ।

बैंकको सिइओका लागि छनोट समितिले बैशाख ७ गते पहिलो पटक सुचना प्रकाशित गरेको थियो । बैंक पुर्ण रुपमा सरकारी बैंक हो । यो बैंकबाट सस्तो ब्याजदरमा ऋण पाइने भएकाले धेरै कर्पोरेट घरानाहरुको नजर लागेको छ । बैंकको सिइयो बनाउन विशेषगरी नेकपा एमाले र नेकपा माओवादी लागि परेको छ । बैंकको सिइओ नियुक्तिका लागि अर्थमन्त्री वर्षमान पुनले व्यक्तिगत लबिङ सुरु गरेका छन् ।

योग्यता र कार्य अनुभव

बैंकको सिइओ बन्न व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

यस्तै, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश वर्षको अनुभव आवश्यक पर्छ ।
कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

व्यवसायिक कार्य योजना पेश गर्नुपर्ने

उम्मेदवारले आफ्नो दरखास्त साथ ५ हजार शब्दमा नबढ्ने गरी (अनुसूची बाहेक) तयार गरिएको तीन प्रति व्यवसायिक कार्य योजना (Business Plan) र सो को Soft Copy (Pen Drive) समेत सिलबन्दी गरी पेश गर्नु पर्नेछ ।

व्यवसायिक कार्य योजना तयार गर्दा प्रमुख कार्यकारी अधिकृतको लागि तोकिएको कार्यक्षेत्रगत शर्तहरू (TOR) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी कार्यविधि २०८० मा रहेका व्यवसायिक कार्य योजनामा पेश गर्नुपर्ने बुँदाहरू समेतका आधारमा तयार पारिएको हुनु पर्नेछ ।

योग्यता पुरा भएका उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र पेश भएको व्यवसायिक कार्य योजनाको मूल्याङ्कनमा कम्तीमा ६० (साठी) प्रतिशत अङ्क प्रदान गरिनेछ । उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ( सम्भव भएसम्म ५ (पाँच) जना) उम्मेदवारलाई छनौट (शर्ट लिष्टिङ्ग) गरी व्यवसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरिनेछ ।

शर्ट लिष्टिङ्गमा परेका उम्मेदवारले तोकिएको मिति र समयमा व्यवसायिक कार्य योजनाको प्रस्तुति समेत गर्नु पर्नेछ । यस्तो प्रस्तुतिबाट धेरै अंक प्राप्त गर्ने तीन जनाको नाम छनौट समितिले सिफारिस गर्नेछ ।  तीन जना मध्ये एक जनालाई सिइओको जिम्मा दिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्