Shikhar Insurance

‘रवि लामिछानेले सहकारीको १ अर्ब रुपैयाँ ठगि गरेको प्रमाण काँग्रेससँग छ’- गगन थापा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई छानविन समितिबाट डराएर भागेको आरोप लगाएका छन् । संसदको बजेट अधिवेसनमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछाने स्वतन्त्र छानविनबाटै तर्सिएको बताएका हुन् ।

संसदमा बोल्दै थापाले भने ‘गृहमन्त्री लामिछानेले सदनको भर्याङको बाहिर बसेर ४ वर्ष बन्द भएनी हुन्छ मजाले चलाउने हो भन्नु भाछ, सदन कसरी चल्छ यति कुरा त थाहा हुनुपर्यो, पटक-पटक प्रधानमन्त्री बन्नु भएका उहाँ सदनमा उपस्थित हुनु भएको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

महामन्त्री थापाले सहकारी घोटालामा संसदिय छानविन हुनुपर्ने माग समेत गरे । उनले थपे ‘कहिले प्रधानमन्त्रीलाई बोल्न लगाको छ, कहिले प्रहरीलाई बोल्न लगाको छ, कहिले महान्याधिक्ता कार्यालयको दुरुपयोग गर्न लगाको छ, किन डराएको ? किन भागेको ? म माथी प्रश्न उठ्यो भने म छानविन समिति बनाउन तयार छु, सत्यतथ्य बाहिर आओस्, सो समितिमा काँग्रेसको बस्ला, एमालेका बस्लान् माओवादी बस्लान् सबै बस्लान्, प्रमाण त हामीले बनाउने त होइन होला नी ?’

रवि लामिछानेले १ अर्ब रुपियाँ दुरुपयोग गरेको प्रमाण नेपाली काँग्रेससँग रहेको महामन्त्री थापाको दाबी छ । गृहमन्त्री लामिछानेले सहकारी ठगि गरेको धेरै प्रमाण रहेको महामन्त्री थापाको भनाई छ । रुपन्देहीदेखी पोखराको सहकारीबाट रकम झिकी दुरुपयोग गरेको थापाले दाबी गरे । सो प्रमाण आवश्यक परे सम्बन्धित ठाउँमा पेश गर्ने महामन्त्री थापाको दाबी छ ।

काँग्रेसले छानविन समिति नबनाएसम्म संसद चल्न नदिने बताएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्