Shikhar Insurance

वर्ल्ड लिकंको ८ वटै रिट सर्वोच्चले गर्यो खारेज, करिब २ अर्ब रुपैयाँ कर तिर्नुपर्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३०, आईतवार १८:२६
NIMB
Nabil Bank

काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेशनले सरकारलाई छलि गरेको करिब २ अर्ब कर तिर्नुपर्ने भएको छ । कम्युनिकेशनले दायर गरेको ८ वटै रिट आइतबार सर्वोच्चले खारेज गरिदिएपछि रकम तिर्नुपर्ने भएको हो ।

न्यायधिसहरु डा.नहकुल सुवेदी र हरिप्रसाद फुयालको संयुक्त इजलासले रिट खारेज गरेको हो । अदालतले रिट खारेज गरेसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लिएको मर्मत सम्भार शुल्क तिर्नु पर्ने भएको छ । सेवा प्रदायकहरुले मर्मत सम्भार शुल्कमा कर नलाग्ने भन्दै रिट निवेदन दायर गरेका थिए ।

Citizen Life
Kumar Bank

तर ती सबै रिट निवेदन खारेज भएको हो । कम्पनीले सरकारलाई विपक्षी बनाउँदै २०७६ सालदेखि नै रिट निवेदन दर्ता गर्दै आएको थियो । आइतबार अदालतले एकै पटक रिट निवेदन खारेज गरिदिएको हो ।

महालेखा परिक्षकको कार्यालयले ५६ औं प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकले कर छलि गरेको विषयलाई उठान गरेको थियो । यसपछि दुर सञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई पटक-पटक राजस्व तिर्न पत्राचार गरेको थियो । पछिल्लो समय कम्पनीरुले बक्यौता रकम नतिरेको भन्दै विदेशी विनिमय सुविधा कटौति गरेको थियो ।

सुविधा कटौतिको विरुद्धमा सेवा प्रदायकले एक दिन इन्टरनेट सेवा नै अवरुद्ध गरेका थिए ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्