Shikhar Insurance

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १६:१८
NIMB
Nabil Bank

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् ।

बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश सभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी भएको थियो । सनाखतपछि उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आजै शपथग्रहण गरेर सानो आकारको मन्त्रिमण्डल बिस्तार गर्नेछन् । प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधवार राति आह्वान गरेका थिए । सोही बमोजिम नेकपा एमाले र माओवादीका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख खापुङले ५२ जना कोशी प्रदेश सभा सदस्यको सनाखत भएकाले प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेको बताए ।

अब बनेको नयाँ गठबन्धनको सरकारलाई आगामी निर्वाचनसम्म नै डोहो¥याउने सत्ता समर्थक दल नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । केन्द्रिय सरकार फेरबदलपछि नयाँ समीकरणअनुसार अघि बढेको बताए । उनले सरकार फेरबदलले नयाँ नयाँ दलहरुसँग सहकार्य हुँदै जाने र सिंगो प्रदेश र संसदलाई अघि बढाउने जानकारी गरे ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । तर त्यसलाई चिर्न दुई दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रश्ताव वैशाख ७ गते पारित गराएका थिए । मुख्यमन्त्री कार्कीले भने संकल्प प्रश्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रश्ताव नै प्रदेश सभामा राखेनन् ।

प्रदेश सभा सचिवालयले संकल्प प्रश्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रश्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो । कार्की यसअघि दुई पटक मुख्यमन्त्री भएका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए । सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए । केन्द्रमा पुनः नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बने ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्