अर्थमा सरुवा हुन माओवादी निकट कर्मचारीहरुको चर्को लबिङ, को-को छन् सूचिमा ?

काठमाडौं। अर्थ मन्त्रालयमा नयाँ मन्त्री आएसँगै कर्मचारी वृतमा शक्ति संघर्ष सुरु भएको छ । माओवादी निकट कर्मचारीहरु अर्थ मन्त्रालयमा सरुवा हुन लबिङ सुरु गरेका हुन् । अर्थ मन्त्रालयमा सरुवा हुन पर्यो भन्दै अर्थमन्त्री वर्षमान पुन र पुन नजिकका व्यक्तिहरुसँग भेटी लबिङ सुरु गरेका हुन् । मन्त्रालयको महत्वपुर्ण स्थानमा सबै काग्रेंसी कर्मचारीहरु भएको भन्दै तत्काल कर्मचारी सरुवा गर्न दबाब दिइरहेका छन्। मन्त्रालयमा हाल सचिव डा. कृष्णहरि पुष्कर, सहसचिवहरु उत्तर कुमार खत्री, भुपाल बराल, डा. टोकराज पाण्डे, नारायण प्रसाद रिसाल, महेश आचार्य, जनकराज शर्मा काग्रेंस निकट कर्मचारीहरु छन्। यस्तै एमाले निकटका सहसचिव श्रीकृष्ण नेपाल र धनिराम शर्मा छन्। माओवादी निकटका रितेश शाक्य, इश्वरीप्रसाद अर्याल लगायत छन्। मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र भन्सार विभागको मुख्य आकर्षण हुने भएकाले केहि सहसचिवहरुले लबिङ सुरु गरेका हुन् । यस्तै महत्वपुर्ण कर कार्यालय र भन्सार कार्यालयहरुको प्रमुख बन्न कर्मचारीहरु लागि परेका छन् ।प्रधानमन्त्री कार्यालयमा रहेका सहसचिव ढुण्डीप्रसाद निरौला २ विभाग मध्ये एक विभागको जिम्मेवारी आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । स्रोतका अनुसार उनले आन्तरिक राजस्व र भन्सार विभाग मध्ये एक विभागको महानिर्देशक आफूले पाउनु पर्ने भन्दै लबिङ तिब्र बनाएका छन् । निरौला यसअघि अर्थ मन्त्रालयबाट नै सरुवा भएर मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनी यसअघि मध्यमस्तरिय कर कार्यालय र केहि भन्सार कार्यालय प्रमुखको रुपमा … Continue reading अर्थमा सरुवा हुन माओवादी निकट कर्मचारीहरुको चर्को लबिङ, को-को छन् सूचिमा ?