Shikhar Insurance

अर्थमा सरुवा हुन माओवादी निकट कर्मचारीहरुको चर्को लबिङ, को-को छन् सूचिमा ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २८, सोमबार ११:४३
NIMB
Nabil Bank

काठमाडौं। अर्थ मन्त्रालयमा नयाँ मन्त्री आएसँगै कर्मचारी वृतमा शक्ति संघर्ष सुरु भएको छ । माओवादी निकट कर्मचारीहरु अर्थ मन्त्रालयमा सरुवा हुन लबिङ सुरु गरेका हुन् ।

अर्थ मन्त्रालयमा सरुवा हुन पर्यो भन्दै अर्थमन्त्री वर्षमान पुन र पुन नजिकका व्यक्तिहरुसँग भेटी लबिङ सुरु गरेका हुन् । मन्त्रालयको महत्वपुर्ण स्थानमा सबै काग्रेंसी कर्मचारीहरु भएको भन्दै तत्काल कर्मचारी सरुवा गर्न दबाब दिइरहेका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयमा हाल सचिव डा. कृष्णहरि पुष्कर, सहसचिवहरु उत्तर कुमार खत्री, भुपाल बराल, डा. टोकराज पाण्डे, नारायण प्रसाद रिसाल, महेश आचार्य, जनकराज शर्मा काग्रेंस निकट कर्मचारीहरु छन्। यस्तै एमाले निकटका सहसचिव श्रीकृष्ण नेपाल र धनिराम शर्मा छन्। माओवादी निकटका रितेश शाक्य, इश्वरीप्रसाद अर्याल लगायत छन्।

मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र भन्सार विभागको मुख्य आकर्षण हुने भएकाले केहि सहसचिवहरुले लबिङ सुरु गरेका हुन् । यस्तै महत्वपुर्ण कर कार्यालय र भन्सार कार्यालयहरुको प्रमुख बन्न कर्मचारीहरु लागि परेका छन् ।प्रधानमन्त्री कार्यालयमा रहेका सहसचिव ढुण्डीप्रसाद निरौला २ विभाग मध्ये एक विभागको जिम्मेवारी आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

स्रोतका अनुसार उनले आन्तरिक राजस्व र भन्सार विभाग मध्ये एक विभागको महानिर्देशक आफूले पाउनु पर्ने भन्दै लबिङ तिब्र बनाएका छन् । निरौला यसअघि अर्थ मन्त्रालयबाट नै सरुवा भएर मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

उनी यसअघि मध्यमस्तरिय कर कार्यालय र केहि भन्सार कार्यालय प्रमुखको रुपमा काम गरिसकेका छन् । यसैगरी माओवादी निकट सहसचिव झलकराम अधिकारी पनि अर्थ मन्त्रालय आउन जोडबल गरिरहेका छन् । मन्त्री पुनसँग व्यक्तिगत सम्बन्ध रहेको अधिकारी यसअघि ६०.७ किलो सुन प्रकरणमा जोडिएपछि अध्यागमन विभागबाट सरुवा भएका थिए ।

माओवादी शक्तिको प्रयोग गरी ठूला करदाता कार्यालय, राजस्व अनुसन्धान विभाग, वातावरण विभाग, अध्यागमन विभाग जस्ता महत्वपुर्ण विभागमा काम गरिसकेका अधिकारी पछिल्लो समय विवादमा छन् ।

यस्तै माओवादी निकट भनेर चिनिएका अर्का सहसचिव नारायणप्रसाद सापकोटा पनि  मन्त्रालय आउन इच्छुक रहेका छन् । सापकोटा यसअघि भन्सार विभाग र राजस्व अनुसन्धान विभागमा महानिर्देशकको भुमिका निर्वाह गरिसकेका छन् । मन्त्रालय सरुवा हुन् सहसचिव सापकोटाले पनि लबिङ तिब्र बनाएका छन् ।

यस्तै शिवलाल तिवारी पनि अर्थ आउन इच्छुक रहेका छन् । उनी यसभन्दा अघि ठूला करदाता कार्यालयको प्रमुखको रुपमा काम गरिसकेका छन् भने राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशकको रुपमा काम गरिसकेका छन् । तिवारी हाल वातावरण विभागमा महानिर्देशकको रुपमा कार्यरत छन् ।

मन्त्रालयको सचिव बन्नका लागि भने केहि कर्मचारीहरुको छलफल भैरहेको छ । माओवादी नजिक भनि चिनिएका सचिव रामकृष्ण सुवेदी हुन् । उनी हाल सुदुरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवका रुपमा कार्यरत छन्।

यद्यपी मन्त्री पुनले कसरी काम गर्छन् भन्ने कुराले सचिवलाई फरक पार्ने स्रोत बताउँछन् । स्रोतले सिहंदरबारसँग भन्यो ‘सचिव सुवेदीले माओवादी स्वार्थको जुनसुकै काम गर्न रुचाउँदैनन, उहाँ मान्नु पनि हुन्न यसो हुँदा सजिलोसँग काम गर्ने सचिवको खोजि हुन सक्छ।’

यस्तै अर्थ सचिवका रुपमा तीन महिना काम गरेर सरुवा भएका अर्जुनप्रसाद पोख्रेललाई पनि सचिवको रुपमा चर्चा गरिएको छ । अर्थ मन्त्री वर्षमान पुनले पार्टी र प्राविधिक रुपाले फिट नहुने कर्मचारीहरुलाई सरुवा गर्ने बताइसकेका छन् । यद्यपी सरकारले ३० गते विस्वासको मत लिएपछि मात्रै कर्मचारी सरुवाको काम सुरु हुनेछन् । नेपाली काग्रेंस निकट मानिएका केहि कर्मचारीहरुले भने सरुवा माग्न थालिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्