एक भए हिमालयन र इन्भेस्टमेन्ट, दुई महिनाभित्र एकीकृत कारोबार

काठमाडौं । अहिलेसम्मकै ठूलो मर्जर सम्झौता सम्पन्न भएको छ । हिमालयन बैंकका अध्यक्ष तुल्सीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बिग मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई बैंक मिलेर बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’को एकीकृत कारोबार २ महिनाभित्र सुरू हुनेछ । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मिलेर देशकै सबैभन्दा ठूलो बैंक बनेको हो । दुई बैंकबीच ठमेलको अलफ्ट होटलमा मर्जर भएको हो । महिनौं लामो छलफलपछि मर्जरमा जाने पक्कापक्की गरेका थिए । नयाँ बैंकको अध्यक्ष इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत हिमालयन अशोक राणा हुने तय भएको छ । इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् । यसअघि हिमालयन बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्था मर्ज वा प्राप्ति गरेको थिएन भने इन्भेस्टमेन्टले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्स्प्रेस फाइनान्स एक्वायर गरेको थियो । अघिल्लो साता बसेको दुवै बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेको थियो । दुई बैंक १ बराबर १ को स्वाप रेसियोमा मर्ज भएका हुन् । नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुनेछ । सिफिरिसः १) बिग मर्जरः बिहीबार ३ बजे हिमालयन र इन्भेस्टमेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर हुने २) हिमालयन-इन्भेस्टमेन्ट मर्जरलाई दुवै बोर्डको स्विकृति, एकसाताभित्र एमओयू ३) बिग मर्जर : नाम ‘हिमालयन एन्ड … Continue reading एक भए हिमालयन र इन्भेस्टमेन्ट, दुई महिनाभित्र एकीकृत कारोबार