७२० ठूला लगानीकर्ताको कब्जामा सेयर धितोको ३५ अर्ब ४० करोड ऋण

काठमाडौं । सेयर धितोमा राखेर ४ करोड भन्दा बढी ऋण लिने ठूला खेलाडीहरुको संख्या ७ सय २० जना रहेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन मसान्त अवधीसम्ममा ७२० जना लगानीकर्ताहरुले सेयर धितोमा राखेर बाणिज्य बैंकहरुबाट प्रति व्यक्ति चार करोड भन्दा बढी ऋण लिएका हुन् । संघले तयार पारेको तथ्यांकमा २४ वटा बाणिज्य बैंकहरुले एकै व्यक्तिलाई चार करोड भन्दा बढी ऋण सेयर धितो राखेर दिएका छन् । त्यसरी ७ सय २० जनाले २४ बाणिज्य बैंकहरुबाट ३५ अर्ब ४० करोड रुपैयाँ ऋण लगेका छन् । ७ सय २ जना लगानीकर्ताले नै सेयरधितोमा ३५ अर्ब ४० करोड रुपैयाँ ऋण लगेपछि नियामक नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत नयाँ व्यवस्था गरिदिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा भनेको छ–‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाः मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ ।’ राष्ट्र बैंकले अब त्यस्तो कर्जालाई क्रमशः घटाउँदै लैजानुपर्ने र २०७८ भदौ ८ गते अघि प्रवाह गरिएको त्यस्तो कर्जा आगामी एक वर्ष भित्र वा कर्जाको भुक्तानी अवधी जुन पहिले हुन्छ सो अवधीभित्र नियमित गरिसक्न भनेको छ । ‘यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८।०५।०८) कुनै ऋणीलाई सीमाभन्दा बढी … Continue reading ७२० ठूला लगानीकर्ताको कब्जामा सेयर धितोको ३५ अर्ब ४० करोड ऋण