Shikhar Insurance

७२० ठूला लगानीकर्ताको कब्जामा सेयर धितोको ३५ अर्ब ४० करोड ऋण

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार २१:४२
NIMB
Nabil Bank

काठमाडौं । सेयर धितोमा राखेर ४ करोड भन्दा बढी ऋण लिने ठूला खेलाडीहरुको संख्या ७ सय २० जना रहेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन मसान्त अवधीसम्ममा ७२० जना लगानीकर्ताहरुले सेयर धितोमा राखेर बाणिज्य बैंकहरुबाट प्रति व्यक्ति चार करोड भन्दा बढी ऋण लिएका हुन् ।

संघले तयार पारेको तथ्यांकमा २४ वटा बाणिज्य बैंकहरुले एकै व्यक्तिलाई चार करोड भन्दा बढी ऋण सेयर धितो राखेर दिएका छन् ।
त्यसरी ७ सय २० जनाले २४ बाणिज्य बैंकहरुबाट ३५ अर्ब ४० करोड रुपैयाँ ऋण लगेका छन् । ७ सय २ जना लगानीकर्ताले नै सेयरधितोमा ३५ अर्ब ४० करोड रुपैयाँ ऋण लगेपछि नियामक नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत नयाँ व्यवस्था गरिदिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले मौद्रिक नीतिमा भनेको छ–‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाः मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोड कायम गरिएको छ ।’

राष्ट्र बैंकले अब त्यस्तो कर्जालाई क्रमशः घटाउँदै लैजानुपर्ने र २०७८ भदौ ८ गते अघि प्रवाह गरिएको त्यस्तो कर्जा आगामी एक वर्ष भित्र वा कर्जाको भुक्तानी अवधी जुन पहिले हुन्छ सो अवधीभित्र नियमित गरिसक्न भनेको छ । ‘यो निर्देशन जारी हुनु पूर्व (मिति २०७८।०५।०८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ ।’, राष्ट्र बैंकले एकिकृत निर्देशनमा भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्