Shikhar Insurance

भारतीय रिजर्भ बैंकले काउन्टर साईक्लिकल क्यापिटल बफर लागू नगर्ने, नेपालमा समेत दबाब बढ्यो

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । भारतीय रिजर्भ बैंकले काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीवाईबी) लागू नगर्ने भएको छ । मंगलबार (अप्रिल २३) एक निर्णय गर्दै काउन्टर साईक्लिकल बफर नलगाउने भएको हो ।

भारतमा कर्जा विस्तार तिब्र भैरहदा सीसीवाईबी लागू गर्ने अनुमान गरिएको थियो । तर सबै तथ्यांकहरु ठिकठाक भएको भन्दै रिजर्भ बैंकले हालका लागि सीसीवाईबी लागू नगर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्णय पत्रमा भनिएको छ, ‘काउन्टर बफर साईक्लिकल क्यापिटल बफर सम्बन्धि गाइडलाईन ५ फेब्रुअरी २०१५, अनुसार जब वित्तीय अवस्थाहहरुले चेतावनी दिन्छ तब मात्रै सीसीवाईबी लगाउनुपर्छ भनिएको छ, अहिलेको अवस्थामा तथ्यांकहरु सबै ठिक छ त्यसैले लागू गर्नु परेन ।’ भारतमा कर्जा विस्तारको रफ्तार बढेर ७.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

भारतमा सीसीवाईबी नलगाउने भएसँगै नेपाल राष्ट्र बैंकलाई समेत दबाब बढेको छ । राष्ट्र बैंकले आफैंले बनाएको मापदण्ड विपरित ०.५ प्रतिशतले सीसीवाईबी लागू गरेको छ । नेपालमा कुल ग्राहस्थ उत्पादन तुलनामा कर्जा प्रवाह धेरै नभएको भन्दै सीसीवाईबी लागू गर्नु नपर्ने तर्क गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्