Shikhar Insurance

१० बैंकको अडिट गर्न ५ विदेशी फर्म इच्छुक, छानिएका अडिटरले ५ करोड रुपैयाँ पाउने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १७:४३
NIMB
Nabil Bank

काठमाडौं । १० ठूला वाणिज्य बैंकको अडिट गर्न पाँच कम्पनीले इच्छा देखाएका छन् । राष्ट्र बैंकले मागेको आवेदनमा पाँच अडिट फमले इच्छा देखाएका हुन् ।

राष्ट्र बैंकका अनुसार नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड को ले आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैंकले १० वटा ठूला बाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले १० वाणिज्य बैंकको लेखापरिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउन त्यस्ता अडिट फर्म नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको थियो ।

योग्यता पुगेका इच्छुक अन्तराष्ट्रिय अडिट फर्महरुले अप्रिल ७ (चैत २५ गते) भित्र राष्ट्र बैंकमा निवेदन दिनु पर्ने थियो । सहभागी फर्महरुकम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवको आधारमा ४० प्रतिशत र क्षमताको आधारमा १० प्रतिशतलाई मानेर कम्पनी छनोट गरिनेछ । प्रतिस्पर्धामा भाग लिन न्युनतम ७० प्रतिशत अंक ल्याउनु पर्नेछ । छानिएको अडिट फर्मले तोकिएका १० वाणिज्यहरुको क्रेडिट फ्रेमवर्क र क्रेडिट पोलिसी गाइडलाई आधार मानेर काम गर्नुपर्नेछ । सो मापदण्डको आधारमा राष्ट्र बैंकले एक कम्पनी छनोट गर्नेछ ।

यस्तै बैंकको ऋणको गुणस्तर, ऋणमा नियन्त्रण, खराब कर्जा म्यानेजमेन्ट, धितो मुल्यांकन लगायत विषयलाई हेर्नेछ । त्यस बाहेक बैंकहरुको प्रोभिजनिङको अवस्था, वासेल ३ को कार्यान्वयनको अवस्थाको पनि अध्ययन गर्नेछ । यस्तै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याडर्ड (एनएफआरएस) कार्यान्वयनको अवस्था कस्तो छ ? भनेर पनि अडिट फर्मले चेकजाँच गर्नेछ ।

तर यो अडिट रिपोर्ट सार्वजनिक भने हुने छैन् । दक्षिण एसियामा नेपाली बैंकको स्तर कुन लेवलमा छ भन्ने कुरा सो प्रतिवेदनले छुट्याउने राष्ट्र बैंक स्रोतले बतायो । राष्ट्र बैंकले २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन खोजेको हो । जसमा ठूलो आकारको ब्यवसाय गर्ने १० बैंकको लेखापरिक्षण गराउन लागिएको हो । अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परिक्षणमा पर्ने बैंकहरुमा क्रमशः नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक छन् ।

त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको विदेशी अडिट फर्मले लेखापरिक्षण गर्नेछ ।

अडिटको सम्पुर्ण खर्च राष्ट्र बैंकले बेहोर्नेछ । जसका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान राष्ट्र बैंकको छ । अडिट कम्पनी छनोट असार महिनासम्म टुंगिने राष्ट्र बैंकका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार अडिट फर्म छनोट भैसकेपछि सन् २०२५ को फेब्रुअरी भित्र १० वटै बाणिज्य बैंकहरुको अडिटको काम सम्पन्न गर्ने योजना बनेको छ ।

ती अधिकारीले भने–‘हामीले सबै रिपोर्ट हेरिसकेका छौं, अब विदेशी अडिटरले पनि हेर्नेछन्, यसबाट वास्तविक कुरा बाहिर आउनेछ।’ राष्ट्र बैंकका अनुसार अडिट गर्ने फर्म एउटै मात्र छानिनेछ । छानिएको फर्मले २ पटक गरी अडिट सक्नेछ । पहिलो चरणमा ५ बैंक र दोस्रो चरणमा ५ बैंकको अडिट सकिनेछ । यसरी छानिएको फर्मले नेपाली फर्मसँग सहकार्य समेत गर्न सक्नेछ ।

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग विस्तारित कर्जा सुविधा (इसीएफ) लिएको छ । सो कर्जा लिदाँ अर्थ मन्त्रालयले आइएमएफसँग विभिन्न सर्तहरुमा सम्झौता गरेको छ । सो सर्त मध्ये एक सर्तको रुपमा ठूला १० वटा वाणिज्य बैंकहरुको अडिट अन्तराष्ट्रिय स्वतन्त्र अडिटरहरुबाट गराउने समेत उल्लेख छ । सो सर्त अनुसार नै राष्ट्र बैंकले १० वटा बाणिज्य बैंकहरुको अडिट गराउन लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्