Shikhar Insurance

सर्वोत्तम सिमेन्टले अर्बौ कर छलि गरेपछि अर्थ मन्त्रालयले बनायो छानविन समिति

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । सर्वोतम सिमेन्ट लिमिटेडले अर्बौ कर छलि गरेको भन्दै अर्थ मन्त्रालयले छानविन समिति बनाएको छ । मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले छानविन समिति बनाएको हो ।

मन्त्रालयले उपसचिवको नेतृत्वमा छानविन समिति बनाएको हो । छानविन समिति गठन गर्ने निर्णयमा भनिएको छ, ‘सर्वोतम सिमेन्टले सरकारको अर्बौ रुपैयाँ कर छुट सुविधाको दुरुपयोग गरेको विषयमा छानविन गर्न समिति गठन भएको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालय स्रोतका अनुसार छानविन समिति तीन सदस्यीय रहेको छ । यस्तै, समितिले काम समेत सुरु गरिसकेको छ । वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सह-सचिव नारायण प्रसाद रिसालले यो विषयमा थप बोल्न नमिल्ने बताए । सर्वोतम सिमेन्टले केहि महिनाअघि मात्रै बुक बिल्डिङ प्रकृयाबाट आइपीओ जारी गरेको थियो । सर्वोतमले बुक बिल्डिङ मार्फत प्रतिकित्ता ३६०.७० पैसामा सर्वसाधारणलाई बिक्री गरेको थियो ।

मन्त्रालय स्रोतका अनुसार कम्पनीले सरकारबाट अर्बौ कर छुट लिएर बुक बिल्डिङबाट सेयर निष्कासन गरेको भन्दै अध्ययन समिति गठन गरेको हो । कम्पनीले पाँच वर्षभन्दा बढी कर छुट लिएर उद्योग स्थापना गरेको थियो । करिब १० वर्षका लागि कर छुट लिएर महँगो मूल्यमा आइपीओ निष्कासन गरेको भन्दै मन्त्रालयले अध्ययन सुरु गरेको हो ।

कानुन बमोजिम राज्यबाट कर छुट लिइरहेको कम्पनीले प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न पाउदैन । अंकित मूल्यमा नै सेयर बिक्री गर्नुपर्ने व्यवस्थालाई नमानेर प्रिमियम मूल्यमा सेयर बिक्री गरेको आरोप अर्थ मन्त्रालयको छ ।

सर्वोतम सिमेन्टले पहिले नै महँगो मूल्यमा आइपीओ जारी गर्न लागेको थियो । तर तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुङगानाको अमेरिकामा बस्ने छोरीको नाममा गोल्डेन सेयर उपहार दिएको बाहिरिएपछि प्रकृया रोकिएको थियो । सर्वोतम सिमेन्टलाई निवर्तमान अध्यक्ष रमेश हमालले बुक बिल्डिङबाट आइपीओ निकाल्ने अनुमति दिएका थिए ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्