Shikhar Insurance

१५७ मत पक्षमा खस्यो, चौथो पटक पनि सफल भए प्रचण्ड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १३:११
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विस्वासको मत प्राप्त गरेका छन् । दाहालले १ सय ५७ मत सहित चौथो पटक विस्वासको मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

बैठकमा अन्य विपक्षी दलहरुले समेत आशनबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो ।

Citizen Life
Kumar Bank

विश्वासको मत प्रक्रियामा  एक सय ५८ सांसद सहभागी भएको सभामुख घिमिरेले जानकारी दिए । कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्