Shikhar Insurance

वाणिज्य बैंकको सीईओ बन्न छानिए टप फाइभ, खनाल र अधिकारी मुख्य प्रतिष्पर्धी

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्ने प्रतिष्पर्धामा रहेकामध्ये टप फाइभको सूचि सार्वजनिक भएको छ । सीईओ छनौट समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसीको नाम टप फाइभमा समावेश गरेको हो ।

टप फाइभ प्रतिष्पर्धीहरुलाई अन्तरवार्ता र प्रस्तुतिकरणका लागि जेठ ९ गते बोलाईएको छ । टप फाइभमा परेकामध्ये गोरखाका खनाल र लमजुङका अधिकारीबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । गोरखा स्थायी घर भएका खनाल माओवादी निकट व्यक्ति मानिन्छन् । खनाललाई परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठका ‘खास बैंकर’ मानिन्छ । खनाल अहिले पनि बैंकमा निमित्त सीईओको जिम्मेवारीमा रहेका छन् ।

Citizen Life
Kumar Bank

उता, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी पनि अर्का प्रवल दावेदार हुन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारका पालामा अधिकारीलाई नेपाल बैंकको सीईओ नियुक्त गरिएको थियो । एमाले उप महासचिव पृथ्वी सुब्बा गुरुङ हुँदै अधिकारीले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलसँग घनिष्ठ सम्बन्ध बनाएका छन् । स्रोतका अनुसार यीनै दुईमध्ये एक जनाले राष्ट्रिय बाणिज्य बैंकको सीईओको जिम्मेवारी पाउने सम्भावना छ । यीनै दुई पात्रका लागि सहज हुने गरि केहि अब्बल प्रतिष्पर्धीहरुलाई टप फाइभमै नपारि रेसबाटै आउट गरिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकपछि राष्ट्रिय बाणिज्य बैंकको सीईओलाई अर्काे शक्तिशाली पद मानिन्छ । न्युन ब्याजमा सस्तो ऋण पाइने भएकाले पनि यो बैंकको नेतृत्वमा आफ्ना मान्छेलाई पुर्याउन कर्पाेरेट हाउसहरुबीच पनि तिब्र प्रतिष्पर्धा हुने गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्