Shikhar Insurance

नयाँ स्टक अध्ययन समितिले बुझायो प्रतिवेदन, लाइसेन्स वितरण गर्न सुझाव

सिंहदरबार संवाददाता
२०८१ बैशाख १५, शनिबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टक सम्बन्धि अध्ययन गर्न बनेको समितिले प्रतिवेदन पेश गरेको छ। समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहिबार (बैशाख १३ गते) प्रतिवेदन बुझाएको हो ।

नयाँ स्टक सम्बन्धि अध्ययन गर्न माघ ९ गते मन्त्रिपरिषदको बैठकले एक समिति गठन गरेको थियो । समिति संयोजकमा राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी छन् । यस्तै, २ सदस्यहरुमा अधिवक्ता सिजन गुरागाई र चाटर्ड एकान्टेन्ट सुजनकुमार आचार्य छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएको थियो । तर समय अपुग भएको भन्दै समय थपिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहिबार समितिका संयोजक सिवाकोटीले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको समितिका एक सदस्यले सिंहदरबारलाई जानकारी दिए ।

ती सदस्यका अनुसार प्रतिवेदनमा नयाँ स्टकलाई लाइसेन्स प्रदान गर्न सुझाव दिएको छ । ती सदस्यले सिंहदरबारसँग भने ‘प्रतिवेदनमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन सुझाव दिइएको छ, नेपाल स्टक एक्सचेन्जलाई थप शसक्त बनाएर नयाँ लाइसेन्स प्रदान गर्न सुझाव दिइएको छ ।’

समितिले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स प्रदान गर्न बाटो खुला गरेपछि लाइसेन्स वितरण गर्न सरकारलाई बाटो खुला भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा अर्बौ घोटला भएको भन्दै आफूले त्यसो हुन नदिएको संसदमै बोलेका थिए ।

नयाँ स्टकबाट मनग्य लाभ उठाउन सकिने अनुमान सहित ठूला कर्पोरेट घरानाहरु लाइसेन्स लिन कर्पोरेट युद्ध लडिरहेका छन् । स्टक एक्सचेन्जको लाइसेन्सलाई लिएर धितोपत्र बोर्ड अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा अहिले कर्पोरेट घराना भिडिरहेका छन् । जसले गर्दा अध्यक्ष छनोट प्रकृया नै अघि बढ्न सकेको छैन ।

अध्यक्ष छनोट समितीले आवेदन परेका १९ जनाबाट ५ जनाको नाम सर्टलिष्ट गरेको छ । तर उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद तथा प्रधामन्त्री कार्यालय पठाउन सकेको छैन ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्