Shikhar Insurance

अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुन आवश्यकः पूर्वअध्यक्ष राणा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई रिभाइभ गर्न बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छिन् ।बिहीबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै राणाले यस्तो बताएकी हुन् ।

उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गरीन् । उनले अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको उल्लेख गरिन् । पूर्वअध्यक्ष राणाले निजी क्षेत्रको मनोबल उच्च बनाउनको लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको बताइन् । उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गरिन ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको बताइन् । उनले पछिल्लो समय उद्योग व्यवसाय ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएकाले केही उद्योग क्षेत्रमा समस्या देखिएको जानकारी गरिन् । उनले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको बताए । उनले बजारमा पनि व्यवसायीहरुको उधारो समेत उठ्न नसकेको जानकारी दिइन् ।

पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडी बैंक र व्यवसायीहरु लाग्ने गरेको बताइन् । उनले होटल, सिमेन्ट,औषधि र छड राम्रो भएसँगै सबै व्यवसायीहरु त्यतितिर लगानी लगाउन थालेकाले पनि समस्या आएको बताइन् । उनले सानो देशमा धेरै उत्पादन गर्दा खपत गर्न नसक्ने भएकाले त्यस्तो हुँदा निर्यात वेसमा लैजान सक्नुपर्ने बताइन् । बैंक र व्यवसायीहरुले विश्लेषण गरेर मात्रै लगानी गर्न आवश्यक रहेको जानकरी गरे । उनले बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा हुनु नहुने बताइन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले कसिलो नीतिले अटो व्यवसाय धरासयी हुँदै गएको बताइन् । उनले अहिलेको अवस्थामा चले अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गरे । उनले नेपालको भेइकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख गरिन् । उनले सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गरिन् । उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके अटो व्यवसाय धरासयी बन्ने निश्चित रहेको दाबी गरे । उनले चोरीबाट पार्टपूर्जाहरू आएका कारण अटो कारोबार कम हुँदै गएको बताइन् ।

उनले अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भएको बताए । उनले तर पछिल्लो समय सबैभन्दा धरासयी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्