Shikhar Insurance

सेयर कारोबारमा घट्यो ब्रोकर कमिशन, जेठ १ देखी कति तिर्नुपर्छ ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १९:०१
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाएको छ । बोर्डले नियमावली परिवर्तन गरी कमिशन घटाएको हो । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची-१४ मा रहेको धितोपत्र दलाली वापत लिन सक्ने सेवा शुल्क परिमार्जन गरेको हो ।

परिवर्तित व्यवस्था २०८१ जेठ १ गतेदेखि लागु गर्ने निर्णय बोर्डले गरेको छ ।  परिवर्तित व्यवस्था अनुसार रु. ५० हजारसम्मको कारोवारमा ०.४० प्रतिशत कमिशन लाग्दै आएकोमा अब ०.३६ प्रतिशत तिर्दा पुग्छ । ५० हजारभन्दा माथी ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिशन लाग्दै आएकोमा अब ०.३३ प्रतिशत तिरे पुग्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, ५ लाख भन्दा माथि २० लाख सम्मको कारोवारमा ०.३४ प्रतिशत शुल्क लाग्दै आएकोमा अब ०.३१ रुपैयाँ कायम गरिएको छ । २० लाख भन्दा माथि १ करोडसम्मको कारोवारमा ०.३० प्रतिशत कमिशन शुल्क लाग्दै आएकोमा ०.२७ प्रतिशत कायम गरिएको छ ।

यसैगरी, १ करोडभन्दा माथि जतिसुकैको कारोवारमा ०.२७ प्रतिशत कमिशन शुल्क लाग्दै आएकोमा ०.२४ प्रतिशत कायम गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्