Shikhar Insurance

एनआईसी एशियाका ‘मास्टर माइन्ड’ खनिया बने सहायक कार्यकारी अधिकृत, २० वर्षको अनुभव

सिंहदरबार संवाददाता
२०८१ बैशाख १५, शनिबार ११:३२
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनियालाई बढुवा गरेको छ । बैंकले खनियालाई  बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।

सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

यसपछि  बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा खनियाको भुमिका अब्बल छ ।

खनियाले  हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफर्मेश्नल जर्नी (Transformational Journey) मा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले नयाँ जिम्मेवारी दिएको हो ।

खनियाँलाई जिम्मेवारी दिएपछि बैंकले थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान पुग्ने  बैंकले विश्वास गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्