Shikhar Insurance

ग्लोबल आइएमई बैंकद्धरा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार १८:४९
NIMB
Nabil Bank

कठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न  वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय विभिन्न लक्षित वर्गहरु पहिचान गरी साक्षरता आयोजना गरेको हो ।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २५००, मधेश प्रदेशमा २०००, बागमती प्रदेशमा ५०००, गण्डकी प्रदेशमा ४५००, लुम्बिनी प्रदेशमा ३५००, कर्णाली प्रदेशमा ५०० र सूदुरपश्चिम प्रदेशमा २५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्न गइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्