Shikhar Insurance

प्राइम बैंकसहित ६ बैंकलाई राष्ट्र बैंकको कारबाही, नियम नमानेको आरोप

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १४:४०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्र बैंकले ४ वाणिज्य बैंक र २ विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इभेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंकलाई कारबाही गरेको हो ।

प्राइम बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०७९, इ. प्रा निर्देशन न. २ / ०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको आरोप छ । यस्तै, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ (Capital Adequacy Framework 2015) अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको आरोप राष्ट्र बैंकले लगाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको २०७८ चैत्र महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकोले बैंकलाई कारबाही गरेको हो ।प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) अनुसार नसिहत दिएको हो ।

प्रचलित कानुन र राष्ट्र बैंकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको हो। कुमारी बैंकलाई पनि राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ इ.प्रा. निर्देशन नं.२/०७९ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको आरोप लागेको छ ।

कुमारी बैंकले पनि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ (Capital Adequacy Framework, 2015) अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत व्याज अनुदान दिएकोले भेटिकएको छ ।

राष्ट्र बैंकले कुमारी बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० उपदफा २ को खण्ड (क) अनुसार सचेत गराएको हो । साथै, प्रमुख कार्यकारीको तलव भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन” को व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको समेत आरोप बैंकमाथी छ ।

कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी रु २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकोले कुमारी बैंक लिमिटेडको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको हो ।

साथै, उक्त रकम ३५ दिनभित्र असुल उपर गर्न सञ्चालक समितिलाई निर्देशन दिएकोमा  सो रकम असुलउपर भएको  छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० को उपदफा २ को खण्ड (क) अनुसार सचेत गराएको छ ।

बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले प्रमाणित गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोवारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट Promissory note जारी गरी Beneficiary बाट बैंकले कुल रु.४१.३६ करोड बराबरको Bills purchase गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको Maturity date बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म Evergreen गरी असल कर्जाकै रुपमा देखाई यस बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेड (साविक लक्ष्मी बैंक लिमिटेड) को १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले अरुको नाममा ऋण लिएको खुल्न आएको छ ।  बैंकले पंकज झुनझुनवालालाई प्रवाह गरेको रु १२ करोड कर्जा मध्ये रु ११ करोड ४४ लाख रकम खेतानको खातामा ट्रान्सफर गरी उक्त कर्जाको व्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गरेको भेटिएको हो । राष्ट्र बैंकले खेतानलाई १० रुपैंया जरिवाना गरेको हो ।

यसैगरी लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई समेत राष्ट्र बैंकले काबाही गरेको छ । लुम्बीनी र एक्सल दुबैलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्