Shikhar Insurance

अख्तियार अर्थसचिव मरासिनी विरुद्ध सर्वोच्च गए के हुन्छ पद ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १८:४६
NIMB
Nabil Bank

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी शुक्रबार (बैशाख ७) विशेष अदालत काठमाडौंबाट सफाई पाएपछि सानदार कमब्याक गरेका छन् ।

वाणिज्य सचिवबाट निलम्बन भएपछि मरासिनी सिधैं अर्थ सचिवमा जिम्मेवारी पाएका हुन् ।मरासिनी सहित ९ जना विरुद्ध नेश्नल पेमेन्ट गेटवे स्थापनामा २३ करोड बढी भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो मुद्दामा ८ जनाले सफाई पाएका छन् । विशेष अदालतले ८ जनालाई सफाई दिएपछि आयोग भने पुनरावेदनमा सर्वोच्च जाने तयारी गरेको छ । विशेष अदालतको निर्णय विरुद्ध आयोग सर्वोच्च जाने तयारी रहेको आयोगका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार आयोग सर्वोच्चमा पुनरावेदन गएपनि सचिव मरासिनी भने निलम्बनमा पर्ने छैनन् ।

किनभने मरासिनीलाई विशेष अदालतले सफाई दिएको छ । सर्वोच्च अदालतबाट दोषी ठहर नभईकन मरासीनी अब निलम्बनमा पर्ने छैनन्। अख्तियार स्रोतले भन्यो ‘मुद्दा लडिरहेको व्यक्तिलाई राज्यको महत्वपुर्ण जिम्वेवारी दिन हुने/नहुने सरकारको नैतिकताको विषय हो हाम्रो भनाईमा उहाँले विशेष अदालतको पुर्ण पाठ र सर्वोच्चले निर्णय नगरुन्जेल सार्वजनिक पद धारणा गर्न मिल्दैन ।’

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिव डा.कृष्णहरि पुष्करको सरुवा गर्ने र मरासिनीलाई जिम्वेवारी दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुस्कर कर्णको बिदाई र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत भैसकेको छ ।

मरासिनी यसअघि पनि अर्थसचिव थिए । स्वागत कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले लामो सरकारी सेवाका क्रममा जिम्वेवारी हेरफेर हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा सचिवद्वय पुस्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्वेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए । आफूहरु विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एकअर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्