Shikhar Insurance

नेपालकै पहिलो दृष्टिविहिन महिला अधिवक्ता बनिन् रोशनी अधिकारी

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १७:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो दृष्टिविहिन महिला अधिवक्ता रोशनी अधिकारी बनेकी छिन् । उनले वैशाख ५ गते महिला अधिवक्ताको अनुमतिपत्र हासिल गरेकी हुन् ।

उनले अवसर, चुनौती र जिम्मेवारी प्रतीक पहिलो दृष्टिविहिन महिला अधिवक्ता बन्न पाउँदा गर्व महसुस भएको बताउँदै कानुनी सेवा मार्फत् जनताको कानुनी उल्झनमा मलहम लगाउने प्रतिबद्ध गरेकी छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अबका दिनहरुमा थप जिम्मेवारी वहन गर्दै निष्ठापुर्वक काम गर्ने समेत बताइन् ।

अधिवक्ता परिचयपत्र प्राप्त गरेपछि अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परिचय प्राप्त गर्दा देशको एक जिम्मेवार नागरिकको रूपमा स्थापित भएको महसुस गरेको छु । म नेपालबाट अधिवक्ता अनुमतिपत्र प्राप्त गर्ने पहिलो दृष्टिविहीन महिला भएकोले पनि यस ऐतिहासिक उपाधिलाई आत्मसाथ गर्दै सिमान्तकृत वर्गका व्यक्तिहरूको मुद्दालाई प्राथमिकतामा राख्न प्रतिबद्द छु । अधिवक्ता अनुमतिपत्र परीक्षा पहुँचयुक्त बनेमा भोलिका दिनहरूमा अपाङ्गता भएका परिक्षार्थीहरूलाई अझ सहज हुने अपेक्षा गर्दछु । आजसम्मको मेरो सङ्घर्षमय यात्रालाई सहज बनाउनु हुने मेरा आदरणिय अभिभावक वर्ग, गुरू वर्ग, साथिहरू,   लेखन सहयोगी भाइबहिनी तथा  शुभचिन्तकहरूको   हौसला र साथसहयोग प्रति  कृतज्ञ बन्दै उर्जा र आत्मविस्वासका साथ व्यवसाहिक जीवनमा अगाडि बढ्न प्रतिबद्द छु ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्