Shikhar Insurance

भ्रष्टाचार अभियोगमा सफाई पाएसँगै मधु मरासिनी बने अर्थ सचिव

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १२:५२
NIMB
Nabil Bank

काठमाडौं । भ्रष्टाचार मुद्दमा सफाई पाएसँगै मधु मरासिनी अर्थ सचिवमा फर्किएका छन् । सचिव मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले  अर्थ सचिवमा सरुवा गरेका हो ।

हालका अर्थसचिव डा. कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिव मरासिनिलाई अर्थ सचिव बनाउने निर्णय गरेको हो । नेश्नल पेमेन्ट गेटवे खरिदमा बजेटमै नभएको रकम अर्थ सचिवलाई समेत जानकारी नदिई बजेट विनियोजन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा विशेष अदालत काठमाडौंबाट  सात महिनामै फैसला निकाल्दै मरासिनी निर्दोष ठहर भएका थिए ।

२०८० असोज १५ गते मुद्दा दर्ता हुदाँ उनी वाणिज्य सचिव रहेका थिए । सचिव नियुक्त भएसँगै मरासनीले निलम्बन अवधिको तलब सेवा सुविधा समेत प्राप्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्