Shikhar Insurance

गठबन्धन फुटबल जस्तै छ, उलट पुलट जारी छ- माधव नेपाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख २२, शनिबार १६:०८
NIMB
Nabil Bank

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन फुटबल जस्तै भएको र उलट पुलट जारी रहेको बताएका छन् ।

पार्टीको रौतहट-काठमाडौं सम्पर्क मंचको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘गठबन्धन फुटबल जस्तै भयो । कहिले कता कहिले कता गइरहेको छ । अझै कता जाने हो ठेगान छैन । गठबन्धनमा उलटपुलट जारी छ । चुनाव पछि तेस्रोपटक गठबन्धन फेरियो, अझै के हुने हो ? थाहा छैन ।’, अध्यक्ष नेपालले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सुदुरपश्चिम प्रदेश सरकारका कारण गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने अवस्था बनेको तर अन्तिममा पुनः अहिलेकै गठबन्धनबाट आफ्नो पार्टीले मुख्यमन्त्री प्राप्त गरेको पनि उनले बताए ।

‘सुदुरपश्चिममा मुख्य मन्त्री हामीलाई दिने भन्ने सहमती थियो, पछि फेरि नदिने भने । अनि अर्को गठबन्धन बाट मुख्यमन्त्री बन्ने अवस्था आईसकेको थियो । पछि बल्ल हाम्रो मुख्य मन्त्री बन्नु भयो ।’अध्यक्ष नेपालले भने ।

अहिले फेरि मुख्यमन्त्रीले बिश्वासको मत लिने समयमा फेरि किचलो निस्किएको उनले बताए । ‘अहिले फेरि बिश्वासको मत लिने वातावरण अझै बनिरहेको छैन । राजनितिमा अब के हुन्छ भन्ने कुरा हाम्रो पार्टी लाई कसरी हेरिन्छ भन्नेमै निर्भर गर्छ ।’ उनले भने ।

उनले आफ्नो अगुवाइमा रौतहटमा बिकासको बहार आइरहेको पनि बताए । ‘रौतहटमा बिकासका राम्रा प्रोजेक्ट आइरहेका छन् । यसपालिको बजेटमा पनि राम्रो पैसा जिल्लामा गएको छ । आगामी बजेटमा पनि राम्रो पैसा राख्ने योजना छ ।’अध्यक्ष नेपालले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्