पेचिलो बन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर, भाँडिए के हुन्छ ?

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकका बीचमा हुने भनिएको ‘बिग मर्जर’ पेचिलो बन्दै गएको छ । इन्भेस्टमेन्ट बैंकका मुख्य लगानीकर्ता पृथ्वीबहादुर पाँडे परिवारले हिमालयन बैंकलाई कौडीको भाउमा कब्जा गर्न लागेको आरोप लागेपछि मर्जर बिथोलिने डर भएको हो । हिमालयन बैंक कब्जा गरी पारिवारिक साम्राज्य खडा गर्ने योजनासहित मर्जरको ग्रान्ड डिजाइन रचिएको बताइन्छ । स्रोतका अनुसार डा. युवराज खतिवडा अर्थमन्त्री भएदेखि नै सुरु हुन्छ, हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको ‘बिग मर्जर गेम’ । सोही उद्देश्यसहित कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतम, जो हिमालयन बैंकका सञ्चालक पनि थिए, उनले नै पृथ्वीबहादुर पाँडेसँगको मिलेमतोमा दुई बैंक मर्जरको सेटिङ मिलाउने तानावुना बनाएका हुन् । पछि उनै गौतमलाई बैंकको सञ्चालक समिति अध्यक्ष बनाएर मर्जरलाई फास्ट ट्रयाकमा अघि बढाइयो । नेपाल राष्ट्र बैंकका केहि उच्च पदस्थ अधिकारीलाई कन्भिन्स गराएर हिमालयन र इन्भेस्टमेन्टलाई हतार–हतारमा एक बनाउने खेल सुरु भएको बताइन्छ । गौतमका आफन्तसमेत रहेका राष्ट्र बैंकका एक उच्च अधिकारीले मर्जरको जाँचोपाँचो मिलाईरहेको श्रोत बताउँछ । डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमार्फत मर्जरको सेटिङ मिलाएको बताइन्छ । सञ्चय कोषको प्रशासकमा गौतमलाई पनि डा. खतिवडाले नै नियुक्त गरेका थिए । खतिवडाकै जोडबलमा हिमालयन बैंकको अध्यक्ष बनाईएको हो । प्रशासक गौतमको हिमालयन बैंकमा व्यक्तिगत लगानी नरहेकाले उनी सहजै पाँडे खलकका सर्त मानेर मर्जरका लागि … Continue reading पेचिलो बन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर, भाँडिए के हुन्छ ?