‘सुधार नचाहने’ कर्मचारीलाई महाप्रबन्धको प्रश्न : जनताले तिरेको करबाट तलब खाएको हेक्का छ नि ?

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भीक मस्यौदाका विरुद्धमा यतिखेर कर्मचारी आन्दोलनरत छन् । यसो गर्दा निगम सुधारको काम अघि बढ्न सकेको छैन भने दैनिक गतिविधिसम्म ठप्प भएको छ । निगममा कार्यरत कर्मचारीका ३ वटा कर्मचारी संगठनले असार १८ गतेदेखि काम ठप्प पारेका छन् । यस कार्यले निगमको ब्यवसायमा दुरगामी असर पार्ने महत्वपुर्ण कामहरु ठप्प हनुुको साथै निगममा कार्यरत कर्मचारीको तलब बितरण गर्न समेत कानुनी अप्ठ्यारो परेको महाप्रबन्ध डिमप्रसाद पौडेल बताउँछन् । महाप्रबन्ध पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभिन्न समयमा सरकारले गठन गरेका सुधार कार्यदलहरुले दिएको प्रतिवेदन तथा सुझावको आधारमा नेपाल सरकारले दिएको निर्देशन बमोजिम निगमको सञ्चालक समितिले तयार गरेको प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भिक मस्यौदा लगायतका सरकारले गरेका अन्य निर्णय खारेज गनुपर्ने माग राखेर निगममा कार्यरत विभिन्न तिनवटा कर्मचारी संगठनले बिना सुचना र प्रक्रिया गत असार १८ गते देखि गरेको आन्दोलनमा कारण निगमको व्यवसायमा दुरगामी असर पार्ने महत्वपुर्ण काम ठप्प हनुुको साथै निगममा कार्यरत कर्मचारीको तलब वितरण गर्न समेत कानुनी अप्ठ्यारो गर्न गएको छ ।” यसरी निगम सुधारको विपक्षमा रहेका कर्मचारीका कारण चाडपर्वहरुमा तलब वितरण गर्न बजेट समेत पारित हुन नसक्ने स्थिति छ । बजेट पारित हुन नदिनेगरि गरिएका यस्ता आन्दोलनबाट कर्मचारी वर्गमा गम्भीर मर्का पर्न गएको तथा निगमको सेवालाई अविच्छिन्न … Continue reading ‘सुधार नचाहने’ कर्मचारीलाई महाप्रबन्धको प्रश्न : जनताले तिरेको करबाट तलब खाएको हेक्का छ नि ?