बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका

काठमाडौं । आन्तरिक म्यानेजमेन्ट मिलाउन नसक्दा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले मर्जरका लागि समय थप गरेका छन् । सैद्धान्तिक स्वीकृति पाएपछि अन्तिम स्वीकृतिका लागि प्रक्रिया पुर्‍याउन नसक्दा यी बैंकले राष्ट्र बैंकसँग थप तीन महिना समय लिएका हुन् । सैद्धान्तिक स्वीकृति पाएको ३ महिनाभित्र अन्तिम स्वीकृतिको प्रक्रिया पुर्‍याउन नसक्दा यी बैंकको अनुरोधमा समय थप गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनका अनुसार राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्टलाई आपसी मर्जरका लागि गत जेठ २० गते नै सैद्धान्तिक स्वीकृति दिएको थियो । तर, स्वीकृति पाएको ३ महिना बितिसक्दा पनि अन्तिम स्वीकृतिका लागि आवश्यक कागजात पेस नगरेको उनले बताए । “राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ३ महिनाभित्र एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ,” प्रवक्ता ढकालले सिंहदरबारसँग भने, “तर, वित्तीय विवरण स्वीकृत भइ वार्षिक साधारणसभा गर्न समय लाग्ने भन्दै थप समय मागेपछि ३ महिना दिइएको हो ।” राष्ट्र बैंकको मर्जर नीतिअनुसार मर्जर तथा प्राप्तिका लागि आपसी समझदारी गरी राष्ट्र बैंक पुगेका बैंक तथा वित्तीय संस्थाले सैद्धान्तिक स्वीकृति पाएको ३ महिनाभित्र अन्तिम स्वीकृतिका लागि प्रक्रिया पुरा गरिसक्नुपर्ने हुन्छ । कारणबस ढिलाइ भएमा राष्ट्र बैंकमा निवेदन दिएर एक पटकका लागि मात्र थप ३ महिना समय माग गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार २ बैंकले सहमतिअनुसार मर्जरलाई मुर्तरुप दिन राष्ट्र बैंकबाट अन्तिम … Continue reading बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका